बुढानीलकण्ठमा गोली चल्यो, एक जना पक्राउ

२०८३ श्रावण १७ गते, आईतवार

काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। प्रहरीले कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको जनाएको छ।
साउन १६ गते राति १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो। घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ।
काठमाडौं प्रहरी परिसरका अनुसार उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]