सम्पादकीय

जनयुद्धको लक्ष्य पुरा गरौँ

तत्कालीन बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत निरंकुश राजतन्त्रको अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेर साम्यवादी व्यवस्थासम्म पुग्ने लक्ष्यका साथ २०५२ फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयद्ध सुरु भएको थियो । त्यही १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य […]

२०८२ फाल्गुन ३ गते, आईतवार

निर्वाचन सार्थक बनोस्

आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिएसंगै अशान्ति, महंगी र कालोबजारी बढ्दै गएको छ । एकातिर निर्वाचनको मुखमा व्यापारीले सामान लुकाएर महंगी र कालोबजारी बढाएका छन् भने अर्कोतिर बिभिन्न अपराधीक समुहहरु सक्रिय भएको देखिन्छ । गत भदौ २३ र २४ गते भ्रष्टचार अन्त्य र सुशासनको मागसहित भएको जेन–जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले अझैसम्म निष्पक्ष र […]

२०८२ माघ २५ गते, आईतवार

सहिदको सपना नभुलौं

यही माघ १० गते देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस भव्यताका साथ मनाइएको छ । राणा विरोधी आन्दोलनमा लखन थापा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दले हाँसी–हाँसी बलिदान गरेका थिए भने जनआन्दोलन, जनयुद्ध, एकीकृत जनक्रान्तिदेखि गत भदौ २३–२४ गते भएको जेन–जी विद्रोहसम्म देश र जनाताको मुक्तिका निम्ति हजारौँ नेपाली सपुतहरुले बलिदान दिए […]

२०८२ माघ १८ गते, आईतवार

भ्रष्ट र दलालहरुलाई बहिष्कार गरौँ

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य समाप्त भइ सकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न नयाँ र पुराना राजनीतिक दल र व्यक्तिहरुले समेत सहभागिता जनाएका छन्, र उनीहरु आफ्नो पक्षमा मतदान गराउन प्रचार–प्रसार तथा घरदैलो कार्यक्रममा निस्किएका छन् । यो निर्वाचन विगतको […]

२०८२ माघ ११ गते, आईतवार

सरकार द्वन्दको कारक नबनोस्

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरे अनुरुप निर्वाचन कार्यक्रम सुरु भइसकेको छ । यही क्रममा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सुची निवाचन आयोगमा पेस गरिसकेका छन् भने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवारीको दर्ताको लागि यही मंगलबार समय तोकिएको छ । तर, सरकारले अहिलेसम्म निष्पक्ष […]

२०८२ माघ ४ गते, आईतवार

देशलाई वैदेशिक शक्तिको क्रिडास्थल बन्नबाट रोकौँ

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरे अनुरुप निर्वाचन कार्यक्रम सुरु भइसकेको छ । यही क्रममा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सुची निवाचन आयोगमा पेस गरिसकेका छन् । तर, सरकारले अहिलेसम्म निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सकेको छैन् । यतिबेला देश विदेशी शक्तिको क्रिडास्थल […]

२०८२ पुष २७ गते, आईतवार

स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाऊ

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरे अनुरुप निर्वाचन कार्यक्रम सुरु भइसकेको छ । यही क्रममा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सुची निवाचन आयोगमा पेस गरिसकेका छन् । तर गत भदौ २३ र २४ गते भ्रष्टचार अन्त्य र सुशासनको मागसहित भएको जेन–जी विद्रोहपछि बनेको […]

२०८२ पुष २४ गते, बिहीबार

नेकपा (माओवादी)माथिको ज्यादती निन्दनीय

सरकारले कपिलवस्तु र अर्घाखाँचीस्थित नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को श्रम शिविर र कम्युनमा  गत शुक्रबार प्रहरीमार्फत् अपरेशन चलाएको समाचार सार्वजनिक भएको छ । देश र जनताको पक्षमा खडा भएकै कारण विगतमा दुई वर्षसम्म प्रतिबन्ध खेपेको उक्त पार्टीलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने तयारी गरिरहेको समयमा निर्वाचनमा भाग लिन नदिने र पुनः […]

२०८२ पुष १३ गते, आईतवार

सरकार द्वन्दको कारक नबनोस्

जेन–जी बिद्रोहपछि बनेको सुशीला कार्की नेतृवको सरकारले एक सय दिन पुरा गरेको छ । सरकारको सय दिनको कार्यशैली आश लाग्दो देखिएको छैन । सरकारले यो सय दिनमा जेन–जीको विद्रोहको माग  सम्बोधन गर्न सकेको देखिदैन, जेलबाट भागेका अपराधी र कैदीहरुलाई जेलमा फर्काउन सकेको छैन, जेन–जी विद्रोहको समयमा लुटिएका हजारौं थान अत्याधुनिक हतियारहरु समेत सरकारले कब्जामा लिन […]

२०८२ पुष ६ गते, आईतवार

सरकार र जेन–जीबीचको सहमति, सहमतिमै सीमित नहोस्

सरकार र जेन–जीबीच बुधबार १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र सहिद परिवारका सदस्य तथा जेन–जीका प्रतिनिधि भोज विक्रम थापाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार, आन्दोलनमा अत्यधिक बल प्रयोग तथा न्यायबाहिरका हत्या घटनाको छानबिन गर्न र दोषीमाथि आपराधीक कारवाही सिफारिस […]

२०८२ मंसिर २८ गते, आईतवार