‘अवैध कृषि उत्पादनको आयातले समस्या पार्‍यो ‘

२०८० असार १ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् केन्द्रिय उत्पादन बिभाग सदस्य सन्देश सी ले बाहिरबाट खासगरी भारतीय अवैध कृषि उत्पादनको आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउँमा नेपाली कृषि क्षेत्रलाई नकारात्मक असर पारेको बताएका छन।
चितवनको माडी नगरपालिका वडा न४ र ५मा नेता सन्देशको अगुवाइमा कृषि तथा पशुपालन सम्बन्धि कम्युन सञ्चालनमा ल्याइएको छ।
यस बर्षको यो सिजनमा मात्रै हामीले प्रति के जी ८० देखि ९० का दरले रु ७० हजारको खुर्सानी बेच्यौ,९६ हजारको खसी बोका र ६४ हजारको तोरी बेच्यौ नेता सन्देशले जानकारी दिए।
उनले भने -‘माडीमा ५ कट्टामा लौका खेती शुरु हुँदैछ, साढे ५ बिघामा माछाका भुरा भर्खरै हालेका छौं र ६ बिघामा धान रोप्ने तयारी गर्दैछौं। ‘
स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले जनआधारित नेताकार्यकर्ता र आत्मनिर्भर पार्टी निर्माणको आवधिक योजना अनुसार देशका विभिन्न ठाउँमा नेकपाका केन्द्रिय तहका नेताहरूकै अगुवाइमा कृषि उत्पादन कार्यको शुरूवात गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]