नेप्से २९.८१ अंकले घट्याे !

२०८० भाद्र १७ गते, आईतवार


काठमाडौँ । शेयर बजार परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा २९.८१ अंक घटेर १९६० अंकमा कायम भएको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। लामो समयदेखि १९९० विन्दुभन्दा तल झर्न नसकेको नेप्से सूचक आइतबार उक्त विन्दुको सपोर्टलाई पनि छाडेर थप तल आएको हो । बजार यसअघि साइडवेजमा थियो । धेरै दिनसम्म नेप्से १९९० विन्दुकै आसपासमा घुमिरह्यो । तर, दिनहुँको प्रयासपछि पनि माथि जान नसकेपछि अन्ततः आइतबार सूचकले १९९० को सपोर्टलाई पनि छाडेको हो ।
पछिल्ला दिनहरुमा लगातारजसो सूचक तल झरिरहेको छ भने कारोबार रकम पनि सुस्त बनेको छ । बैंकहरुले सेयर कर्जा दिन थाले पनि त्यसको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।
यस दिन २७६ कम्पनीको ४० लाख ५३ हजार कित्ता सेयर कारोबार भएको छ । ३ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्याेरेन्स र सिटी होटेल परेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार