प्रवास

यूएईद्वारा १११ नेपाली कैदीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिजारी गर्दै उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ । […]

२०८३ असार २३ गते, मंगलवार

चीनमा भारी वर्षा : हजारौ विस्थापित, विद्यालयहरू बन्द

काठमाडौँ । चीनमा भारी वर्षाका कारण हजारौ विस्थापित, विद्यालयहरू बन्द भएका छन्। दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन्। प्रभावित क्षेत्रहरू मध्ये, कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मङ्गलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा मङ्गलबार […]

२०८३ असार ९ गते, मंगलवार

कोचिङ इन्स्टिच्युटमा आगलागी : १५ जनाको मृत्यु

काठमाडौँ । भारतकाे एक कोचिङ इन्स्टिच्युटमा भएकाे आगलागीमा परी मृत्यु हुनेकाे संख्या १५ जना पुगेकाे छ। उत्तर प्रदेशको लखनउको अलिगञ्ज क्षेत्रमा भएकाे आगलागीमा परी घाइते भएका अन्य आठ जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको हाे । घटनामा अधिकांशकाे धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या भई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ । किङ जर्ज मेडिकल […]

२०८३ असार ९ गते, मंगलवार

ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

काठमाडौँ । ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक सुरु भएको छ । भारतको विदेश मन्त्रालय (एमईए) ले बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्ने जनाएकाे हाे । बैठकमा ब्रिक्स सदस्य राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रतिनिधिमण्डल प्रमुखहरूले विश्वले सामना गरिरहेका परम्परागत तथा उदीयमान सुरक्षा चुनौतीकाे बारेमा व्यापक छलफल गर्ने कार्यक्रम छ। विशेषगरी द्रुत रूपमा […]

२०८३ असार ८ गते, सोमबार

क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु !

काठमाडौँ । क्यानडामा गाडी दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । गत जुन ११ मा मध्य क्यानडाको ओन्टारियो सहरमा गाडी दुर्घटना हुँदा भोजपुरकी लाक्पा याञ्जी शेर्पा र कास्कीका राजीव श्रेष्ठको मृत्यु भएको भएको हो ।लाक्पा नर्सिङको विद्यार्थी थिइन् भने राजीवले आइटी अध्ययन गरिरहेका थिए। २२ वर्षीय लाक्पा ओन्टारियोकै टोरन्टोस्थित फ्लेमिङ कलेजबाट नर्सिङको अध्ययन […]

२०८३ असार २ गते, मंगलवार

भारतीय सेना प्रमुखमा धीरज सेठ नियुक्त

काठमाडौँ । भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल धीरज सेठ नियुक्त भएका छन्। भारत सरकारले शनिबार सेठलाई नयाँ सेना प्रमुख नियुक्त गरेको हो। उनी हाल भारतीय सेनाको उप–सेनाध्यक्षका रुपमा कार्यरत छन्।वर्तमान सेनाध्यक्ष उपेन्द्र द्विवेदी ३० जुनमा अवकास पाउँदै छन्। त्यसपछि लेफ्टिनेन्ट जनरल सेठले सेनाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। उनी ३० जुनमा भारतीय सेनाका ३१औँ सेनाध्यक्षको शपथ लिनेछन्। उनको […]

२०८३ जेष्ठ ३१ गते, आईतवार

प्रवासी नेपाली संगठनद्वारा प्रधानमन्त्री बालेनलाई ११ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ । भारतमा रहेको प्रवासी नेपालीहरूको संगठनले नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि चुनौती बढ्दै गएको भन्दै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपाली भूमिमाथिको भारतीय अतिक्रमण अन्त्यका लागि प्रभावकारी कूटनीतिक पहल गर्न प्रधानमन्त्री बालेनलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। संगठनले ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै देशको वर्तमान राजनीतिक, सामाजिक तथा राष्ट्रिय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त […]

२०८३ जेष्ठ २८ गते, बिहीबार

कश्मीरमा हिंसात्मक झडप : ३०जनाको मृत्यु , २ सय जना घाइते

काठमाडौँ । पाकिस्तान प्रशासित कश्मीरमा आगामी जुलाई २७ तारिखमा हुने क्षेत्रीय निर्वाचनअघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि ३० जनाको मृत्यु भएको छ। हिंसात्मक झडपमा परी करिब २ सय जना घाइते भएका हुन् । प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाएको आरोप लगाइएको छ । आइतबार राति रावलाकोटमा भएको हिंसात्मक झडपमा कम्तीमा ११ जनाको मृत्यु भएपछि स्थानीय […]

२०८३ जेष्ठ २७ गते, बुधबार

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौँ । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै, १६ वर्षभन्दा कम उमेरका […]

२०८३ जेष्ठ १८ गते, सोमबार

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार

काठमाडौँ । पाकिस्तानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकार गरेको छ। ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले यस्तो प्रस्ताव आफ्नो ‘मौलिक विचारधारा’सँग मेल नखाने भन्दै अस्वीकार गरेको हो ।पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई […]

२०८३ जेष्ठ १२ गते, मंगलवार