चिया निर्यात खुला

काठमाडौँ । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला गरेको छ। यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए। चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए। ‘रोकिएका […]
२०८१ बैशाख १३ गते, बिहीबार