एक अमेरिकी डलरको विनिमय दर १३४.६३ रुपैयाँ !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३४.६३ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । मंगलबार एक अमेरिकी डलरको विनिमय दर १३४.४६ रुपैयाँ थियो । बुधबारको विनिमय दर १७ पैसाले बढी हो ।राष्ट्र बैंकका अनुसार ०८० असार मसान्तको तुलनामा गत जेठसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.६६ प्रतिशतले अवमूल्यन भएको छ । […]
२०८१ श्रावण २३ गते, बुधबार