स्वास्थ्य / शिक्षा

स्वस्थ शिशु प्रतिस्पर्धा भदौ ११ गते

काठमाडौँ । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औं शिशु प्रदर्शनीको अवसर पारेर ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ काे आयोजना गर्ने भएको छ। अस्पतालले आगामी भदौ ११ गते बिहीबार यो प्रतिस्पर्धा आयोजना गर्न लागेको हो। प्रतियोगितामा सहभागी हुन जन्मदेखि १ वर्षसम्मका बालबालिकाहरूका इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेभित्र दरखास्त फाराम भरिसक्नुपर्नेछ। अस्पतालले फारामका लागि […]

२०८३ श्रावण ८ गते, शुक्रबार

अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्ने प्रशिक्षण संस्थामा सिलबन्दी

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षण सञ्चालनको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको एक प्रशिक्षण संस्थाको कार्यालय सिलबन्दी गरेको छ। संयुक्त अनुगमन टोलीले इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटको कार्यालयमा बुधबार […]

२०८३ श्रावण ७ गते, बिहीबार

हेटौँडामा ‘ई लाइब्रेरी’ !

काठमाडौँ। हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ‘ई लाइब्रेरी’ स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ । शिक्षक दरबन्दी पुनरावलोकन, मिलान र विद्यालय ‘मर्जिङ’ वा ‘डाउन साइजिङ’ गर्ने कार्यलाई निरन्तरता दिइने नगर प्रमुख मीनाकुमारी लामाले बताए । शिक्षकको पद रिक्त हुँदा पठनपाठनमा हुने क्षति न्यूनीकरणका लागि […]

२०८३ श्रावण ५ गते, मंगलवार

छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपमा दुई शिक्षकसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि यौनजन्यदुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ । विद्यालयमा र सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्केलाई पक्राउ गरेको […]

२०८३ श्रावण ४ गते, सोमबार

औषधि लिमिटेडले दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि […]

२०८३ श्रावण २ गते, शनिबार

कक्षा १२ को प्रमाणपत्रका लागि तोकिएकोभन्दा बढी शुल्क नलिन निर्देशन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेश (विराटनगर, मोरङ) ले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूबाट ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल (टी.एम.पी.) प्रमाणपत्रका लागि तोकिएकोभन्दा बढी शुल्क नलिन सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिएको छ। कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा कक्षा १२ उत्तीर्ण विद्यार्थीका लागि ट्रान्सक्रिप्ट (Transcript), माइग्रेसन (Migration) र प्रोभिजनल (Provisional) प्रमाणपत्र उपलब्ध गराउँदा […]

२०८३ श्रावण १ गते, शुक्रबार

त्रिभुवन विश्वविद्यालयद्वारा भारतीय विश्वविद्यालयबाट डिग्री लिएका ११४ विद्यार्थीको समकक्षता रद्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका विभिन्न विश्वविद्यालयबाट डिग्री लिएका विद्यार्थीको समकक्षता रद्द गरेको छ ।केन्द्रले बुधबार सूचना जारी गरी ३५ दिनभित्र प्रमाण पेस गर्न भनेकाले उक्त सयम सकिएपछि रद्द गरिएको जनाएको छ ।सूचनामा भनिएको छ ‘समकक्षता पत्रहरू रद्द गर्ने प्रकृया बमोजिम ३५ दिने सूचना गोरखापत्र दैनिकमा प्रकाशित गरिएकोमा सो ३५ दिन पनि […]

२०८३ असार ३२ गते, बिहीबार

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक : ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षा ६४.६९ प्रतिशत विद्यार्थीले पास गरेका छन् । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । जीपीएअनुसार सबैभन्दा धेरै […]

२०८३ असार २३ गते, मंगलवार

दलीय विद्यार्थी संगठन हटाउने निर्णय फिर्ता नभए सशक्त आन्दोलन 

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीनिकट     अखिल (समाजवादी)सहित  अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), अखिल (छैटौं), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, जनपक्षीय विद्यार्थी युनियन नेपाल र विद्यार्थी जनमत संघलगायतका  विभिन्न विद्यार्थी संगठनले  त्रिभुवन विश्वविद्यालयले दलीय विद्यार्थी संगठनका संरचना हटाउने सम्बन्धमा जारी गरेको निर्देशन तत्काल फिर्ता लिन माग गर्दै अन्यथा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। संयुक्त विद्यार्थी संगठनले […]

२०८३ असार २२ गते, सोमबार

भरतपुर अस्पताल देशकै उत्कृष्ट !

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कन अनुसार देशभरका संघीय अस्पतालहरु मध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS) मा उत्कृष्ट बन्न सफल भएको छ । भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरु मध्ये ८९ अंकसहित उत्कृष्ट बन्न सफल भएको छ ।भरतपुर अस्पतालले गत वर्ष ८८ नम्बर पाएकोमा यसपटक […]

२०८३ असार १४ गते, आईतवार