Main Banner

युवा संगठन नेपालद्वारा युवाहरुलाई विदेश लगेर अलपत्र पार्ने मास्टर जब म्यानपावर कम्पनी घेराउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले म्यानपावर कम्पनी घेराउ गरेको छ। मंगलबार काठमाडौँको बसुन्धारास्थित मास्टर जब म्यानपावर कम्पनीले वैदेशिक रोजगारीको नाममा सयौं युवाहरुलाई मोटो रकम असुली गर्दै विदेशमा पठाएर अलपत्र पारेको भन्दै चेतावनी स्वरुप कम्पनी घेराउ गरेको हो।ताजकिस्तान लगाएतका देशहरुमा कामको ग्यारेन्टी भएको प्रलोभन देखाएर श्रम स्वीकृति नै नगराई प्रत्यक युवाहरुसंग […]

२०८१ असार ११ गते, मंगलवार

अखिल समाजवादीद्वारा त्रिविका परीक्षा नियन्त्रकलाई कार्यालय प्रवेशमा रोक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकलगायतका पदाधिकारीलाई सोमबारदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ । परिक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा प्रत्यक्ष संलग्न ७ जनालाई कारवाहीको माग सहित कार्यालय प्रवेशमा रोक लगाईएको समाजवादीका अध्यक्ष नरेन्द्र सीले बताए ।स्नातक तहका ५ सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि […]

२०८१ असार १० गते, सोमबार

संघीय संसद्लाई राष्ट्र र जनघात गर्ने अखडा नबनाउ

देशको राजनीति दिनप्रतिदिन जटिल बन्दै गएको छ । संसदवादी राजनीतिक दल र नेताहरु आफ्नो दलगत र व्यक्तिगत स्वार्थका लागि देश र जनतालाई दाउमा लगाई रहेका छन् । उनीहरुलाई देश र जनताको कुनै चिता र चासो रहेको देखिदैन । देश आयतमुखी भएको छ भने देशमा उत्पादन बढाउँन र उत्पादन भएका बस्तुको सरल र सहज बिक्री वितरण […]

२०८१ असार १० गते, सोमबार

राष्ट्रिय राजनीतिमा साम्राज्यवादको नाङ्गो हस्तक्षेप !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादको नाङ्गो हस्तक्षेप बढेको ठोकुवा गर्दै त्यसविरुद्ध नेकपाका नेताकार्यकर्ताहरुले विशेष भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् । नेकपा बागमती प्रदेश स्तरीय जनवर्गीय संगठन र जातीय मोर्चाको संयुक्त कार्यक्रमलाई सम्बधन गर्दै उनले सो कुरा बताएका हुन्। प्रवक्ता प्रकाण्ड सीले व्यवस्था परिवर्तन र राष्ट्रियताका निम्ति अझ उचाइबाट सहकार्य र […]

२०८१ असार ९ गते, आईतवार

‘उत्पीडित वर्ग र समुदायले दोब्बर मेहनत गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले उत्पीडित वर्ग र समुदायले राजनीतिमा दोब्बर मेहनत गर्नुपर्ने बताएका छन् । शुक्रबार श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समितिको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीले उत्पीडित समुदायका अग्रजहरु राजनीति र सत्तामा नभएका कारण मुक्ति र सत्ता प्राप्तिका लागि थप मेहनत गर्नुपर्ने […]

२०८१ असार ८ गते, शनिबार

एमसीसी कार्यन्वयन :देश र जनहित विपरितको कार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले एमसीसी जसरी पनि कार्यान्वयन गर्छु भन्नु देश र जनहित विपरितको कार्य भएको बताएका छन् ।बुधबार काठमाडौँमा भएको सुदुरपश्चिम काठमाडौँ उपत्यका जनसम्पर्क मञ्चको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुन अनन्तले जसरी पनि […]

२०८१ असार ६ गते, बिहीबार

‘बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने कार्यमा राज्य अल्मलिएको छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने कार्यमा राज्य अल्मलिएको बताएका छन् । सोमबार बिपिन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘बेपत्ता नागरिकको सार्वजनिकरण र शान्ति प्रक्रिया बिषयक´ अन्तर्कृयालाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले नेपालको राज्य अझै जनताको राज्यमा रुपान्तरण हुन नसकेकोले जनयुद्धको क्रममा बेपत्ता पारिएका परिवारको […]

२०८१ असार ४ गते, मंगलवार

संघीय संसद् सांसदहरुको समय कटाउने र भत्ता पचाउने थलो

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते, मंगलवार आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट संसदमा प्रस्तुत गरेका थिए । अहिले संसद्मा बजेटमाथि छलफल जारी रहेको र सम्भवतः यसै साता बजेट पारित हुने छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमाथिको छलफलमा प्रतिपक्षी दलहरुले मात्र होइन स्वयम् सत्ता पक्षका नेताहरुले बजेटको आलोचना गरिरहेका छन् […]

२०८१ असार २ गते, आईतवार

‘राज्य आर्थिक दृष्टिकोण निर्माणको सम्बन्धमा अल्मलिएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राज्य आर्थिक दृष्टिकोण निर्माणको सम्बन्धमा अल्मलिएको ठोकुवा गरेका छन्। शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।उक्त अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले भने – ‘अर्थतन्त्रको कुरा गर्नेबित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक […]

२०८१ असार १ गते, शनिबार

‘कर्णाली-काठमाडौं समाजवादी सम्पर्क मञ्चलाई व्यवस्थित र प्रभावकारी बनाउ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कर्णाली-काठमाडौं समाजवादी सम्पर्क मञ्चलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यलय काठमाडौंको बुद्धनगरमा बसेको सम्पर्क मञ्चको प्रथम पुर्ण बैठकलाई सम्बोधनगर्दै महासचिव विप्लव सीले उक्त निर्देशन दिएका हुन् ।महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले ६ महिने पार्टीको आन्तरिक संगठन शुद्धीकरण […]

२०८१ जेष्ठ ३१ गते, बिहीबार