मुख्य समाचार

अवदेखि हप्तामा दुई दिन बिदा

काठमाडौँ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन संकटलाई समाधान गर्ने पहलकदमी लिदै सोमबारदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय गरको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु यस प्रकार रहेका छन […]

२०८२ चैत्र २२ गते, आईतवार

‘वर्तमान सरकार अमेरिकाको कठपुतली’

काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई अमेरिकाको कठपुतली सरकारको भएको ठोकुवा गरेका छन् । राष्ट्रिय जनमोर्चाद्वारा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । महामन्त्री सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको बताए । उनले […]

२०८२ चैत्र २२ गते, आईतवार

नेपालीको उद्धार गर्न विशेष उडान

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ।नेपाल वायुसेवा निगमले आज ३ अप्रिलमा काठमाडौं-दुबई, ४ अप्रिलमा दुबई-काठमाडौं, ५ अप्रिलमा काठमाडौं-दमाम र दमाम-काठमाडौं उडान भर्न लागेको हो। पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रमा नियमित उडान गत फेब्रुअरी २८ […]

२०८२ चैत्र २० गते, शुक्रबार

प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको हो । शुक्रबार दिउँसो साढे २ बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको […]

२०८२ चैत्र २० गते, शुक्रबार

प्रधानमन्त्री बालेनलाई सार्वभौमिकता जोगाउने चुनौती

काठमाडौँ । नेपालको लिपुलेक भञ्ज्याङ क्षेत्र हुँदै भारत र चीनबीच सीमा व्यापार पुनः सुरु हुने भएको छ । भारतको समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार करिव ६ वर्षको अन्तरालपछि उक्त नाका सञ्चालनमा ल्याउने तयारी गरिएको हो । रिपोर्टअनुसार उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईंलाई उद्धृत गर्दै सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने व्यापार सत्रका लागि […]

२०८२ चैत्र १६ गते, सोमबार

ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन हुँदै

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथि अनुसन्धान थालेको हो।। सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।तीन पूर्वप्रधानमन्त्रीसँगै दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको […]

२०८२ चैत्र १५ गते, आईतवार

सरकारद्वारा शासकीय सुधारका सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित )

काठमाडौँ । सरकारले सरकारी सेवा घरमै उपलब्ध गराउनेगरी आफ्नो शासकीय सुधारको कार्यसूची सार्वजनिक गरेको छ । सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको शासकीय सुधारको कार्यसूची शनिबार साँझ सार्वजनिक गरेको हो । जसमा पासपोर्ट, नागरिकत, लाइसेन्स लगायतका सेवाहरू घरमै पुर्‍याउने व्यवस्था लागू गर्ने उल्लेख छ । उक्त व्यवस्था आगामी सय दिनभित्र लागू गर्ने पनि कार्यसूचीमा उल्लेख […]

२०८२ चैत्र १५ गते, आईतवार

मन्त्रिपरिषदद्वारा कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने निर्णय

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएका हताहती र विध्वंशसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।मन्त्रिपरिष् बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन् ।प्रवक्ता पोखरेलले जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन […]

२०८२ चैत्र १३ गते, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री बालेन साहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन साहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नवनियुक्त प्रधानमन्त्री साहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।सो अवसरमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी […]

२०८२ चैत्र १३ गते, शुक्रबार

कार्की आयोगको प्रतिवेदन : एल्गोरिदमले देशलाई अदृश्य जेल बनाउन लागेको निष्कर्ष

काठमाडौँ । भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन बिभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको छ । प्रतिवेदन बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले बुधबार साँझ प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् ।प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् […]

२०८२ चैत्र १२ गते, बिहीबार