मुख्य समाचार

नेकपा केन्द्रिय समिति बैठक : केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ। आइतबार सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले ‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्दै त्यसको व्याख्या गरेका थिए।महासचिव विप्लव सीद्वारा प्रस्तुत उक्त प्रतिवेदन माथि आजवाट केन्द्रिय सदस्यहरुले धारणा राख्ने सुरु भएको बताइएको छ।

२०८२ आश्विन २७ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको  केन्द्रीय समितिको बैठक सुरु भएको   छ ।  पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेको बताइएको छ । उक्त प्रस्तावमा जेनजी विद्रोह, विकसित राजनीतिक घटनाक्रम लगायतको विश्लेषण गर्दै राजनीतिक निकासको बाटोसमेत समेटिएको बताइएको छ ।

२०८२ आश्विन २६ गते, आईतवार

जेन–जी विद्रोह संसदीय व्यवस्था र संविधानको असफलताको उपज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले जेन–जी विद्रोह संसदीय व्यवस्था र संविधानको असफलताको उपज भएको ठोकुवा गरेका छन् । जेन–जी विद्रोह र यसपछि उत्पन्न परिस्थितिको विषयमा पार्टीको धारणा के रहेको छ भन्ने प्रश्नको जवाफ दिंदै उनले सो ठोकुवा गरेका हुन् ।प्रवक्ता प्रकाण्ड सीले […]

२०८२ आश्विन २६ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक असोज २६ र २७ गते

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जेनजी विद्रोह पछि बिकसित राजनीतिक अवस्थाको विश्लेषण र योजनाको तर्जुमा गर्न बैठक बस्न लागेको बताइएको छ ।नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले जेन जी आन्दोलन पछि बिकसित नयाँ परिस्थिति र यसले माग गरेको योजना […]

२०८२ आश्विन २१ गते, मंगलवार

एमसिसि परियोजना खारेज गरियोस्

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुन: एमसिसि परियोजनालाई खारेज गर्न माग गरेको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा एमसीसी सरोकार समितिका संयोजक भरत सी सोमबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। नेता भारत सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘हालै एमसीए नेपाल विकास समितिले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत ३१५ कि. मि […]

२०८२ आश्विन १३ गते, सोमबार

‘वर्तमान राष्ट्रिय संकटको निकास विद्यमान संविधान र मृत संसद हुनै सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले वर्तमान समस्याको समाधान विद्यमान संबिधान र मृत संसद हुनै नसक्ने ठोकुवा गर्दै राजनीतिक आन्दोलन, जनक्रान्ति र जेन जिको विद्रोहको धरातलमा खोज्नु पर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी काठमाडौद्वारा बुधबार आयोजित ‘जेन जी बिद्रोह र राजनीतिक निकास’ […]

२०८२ आश्विन १२ गते, आईतवार

देशको राजनीतिक संकट समाधान गर्न सर्वपक्षीय सरकार र संविधानको पूर्नलेखन गरौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य असल सीले जेनजी आन्दोलनले पनि देशको राजनीतिक संकट समाधान गर्न नसकेको बताएका छन् ।उनले अहिलेको राजनीतिक संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गर्दै समाजवादमा पुग्न सर्वपक्षिय सरकार र संविधानको पूर्नलेखन नै एकमात्र संकटको अग्रगामी निकास भएको बताएका छन् ।नेकपा बाँकेले कोहलपुरमा आयोजना गरेको ‘जेनजी विद्रोह, […]

२०८२ आश्विन १२ गते, आईतवार

‘नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढाैं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य वसन्त सीले वर्तमान् राजनीतिक समस्याको समाधानका लागि नेपाली विशेषताको समाजवादलाई आधार मानेर अगाडि बढ्नु पर्ने बताएका छन। नेकपा रुपन्देहीद्वारा आयोजित ‘जेन जि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता वसन्त सीले जेन जी आन्दोलनले संसदीय व्यवस्था असफलताको पुष्टि गरेको […]

२०८२ आश्विन १२ गते, आईतवार

‘जेन-जी आन्दाेलन उपयुक्त र अपरिहार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी ‘विषम’ ले जेन-जी आन्दाेलन उपयुक्त र अपरिहार्य भएको बताएका छन।नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा आयोजित ‘जेनजी विद्रोह, नयाँ परिस्थिति र निकास’ विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता सन्तोष सीले जेन जी आन्दोलन उपयुक्त र अपरिहार्य भएको उल्लेख […]

२०८२ आश्विन १२ गते, आईतवार

‘जेन जी आन्दोलनले भ्रष्टाचार मुक्त समाज र सुशासन खोजेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त समाज र सुशासन खोजेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी घोराहीद्वारा बिहीबार आयोजित ‘जेनजी विद्रोह, नयाँ परिस्थिति र निकास’ विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता सन्तोष सीले जेनजी आन्दोलन केही नयाँ खोज्नका लागि […]

२०८२ आश्विन १० गते, शुक्रबार