राजनीति

‘वैज्ञानिक समाजवाद ल्याउने पहिलो भूमिका युवा संगठनको हो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीले वैज्ञानिक समाजवाद ल्याउने पहिलो भूमिका युवा संगठन नेपालको हुने बताएका छन् । युवा संगठन नेपाल छैठौ पूर्ण बैठकलाई सम्बोधन गर्दै नेतृ शिलुले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्नका लागि युवाहरूको अग्रहणी भूमिका रहने समेत बताइन् । उनले आफ्नाे पार्टीको नेता, […]

२०८० जेष्ठ २६ गते, शुक्रबार

कामपाका मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सभा गृहस्थित आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि त्यसलाई काउन्टर दिदै मेयर शाहको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखेका हुन् । मेयर शाहले पत्नीको उपचारका लागि भारतको बैंगलौर जानुअघि यो नक्सा राख्न […]

२०८० जेष्ठ २५ गते, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी रुकुम पुर्वको सचिवमा जुद्ध सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी रुकुम पुर्व जिल्लाको प्रथम सम्मेलनले जुद्ध सीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका लागि एकीकृत जनक्रान्तिको आन्दोलन , जन आधारित पार्टी र नेतृत्व निर्माणका लागि प्रथम जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । नेकपाका केन्द्रीय सदस्य तथा […]

२०८० जेष्ठ २४ गते, बुधबार

टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने जिम्मेवारी नेकपाको काँधमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने मुख्य जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीको काँधमा आएको वताएका छन । बुधवार नेकपा कालिकोटको एकताको बिशेष बैठकलाई जिल्लाको शान्नितिवेणी गाउँपालिकामा सम्वोधन गर्दै केन्द्रीय सदस्य विराटले यस्तो वताएका हुन। कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका संयोजक समेत रहनु भएका नेता विराटले भने “टुटफुट भएको कम्युनिस्ट […]

२०८० जेष्ठ २५ गते, बिहीबार

अखण्ड भारतको नक्साको बिरोधमा मसाल जुलुस

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुले अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राखिएकोमा बिरोध जनाउदै मंगलबार साँझ काठमाडौमा मसाल जुलुस प्रर्दशन गरेका छ्न। मोर्चाका नेता -कार्यकर्ताले काठमाडौँको कमलादीदेखि शान्तिवाटिकासम्म मसाल जुलुस गरेका हुन। मसाल जूलूसको क्रममा प्रहरी हस्तक्षेप हुदा सामान्य झडप समेत भएको थियो ।मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा […]

२०८० जेष्ठ २४ गते, बुधबार

अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएको प्रति विरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएको विरोधमा जनप्रदर्शन तथा कोण सभा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु पूर्वी जिल्लाले ताैलिहवामा स्थानीय जनतासहित जनप्रदर्शन तथा काेणसभा गरेकाे छ भने नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु जिल्लाले पनि चन्द्राैतामा स्थानीय जनतासहित मसालजुलुस सम्पन्न गरेको छ ।कपिलवस्तु तौलिहवाको बुद्ध पदम विद्यालयको प्राङ्गनबाट […]

२०८० जेष्ठ २३ गते, मंगलवार

नेकपा ३ नं जिल्ला समिति काठमाडौंले सार्वजनिक सम्पत्ति बचाऊ अभियान संञ्चालन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ३ नं जिल्ला समिति काठमाडौंले ‘सार्वजनिक सम्पत्ति बचाऊ अभियान’ संञ्चालन गर्ने जनाएको छ । सो पाटीको शनिबार सम्पन्न तेस्रो पूर्ण बैठकले सार्वजनिक सम्पत्ति विभिन्न व्यक्ति र निकायले हडप्न खोजेको भन्दै यसको रक्षाका लागि ‘सार्वजनिक सम्पत्ति बचाऊ अभियान’ संञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रघात, भ्रष्टाचाररका बिरूद्व सशक्त संघर्ष गर्ने, […]

२०८० जेष्ठ २१ गते, आईतवार

नेपालमा साम्राज्यवादी शक्तिको हस्तक्षेप बढ्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले नेपालमा साम्राज्यवादी शक्तिहरुको हस्तक्षेप बढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी कीर्तिपुर नगर समितिको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कृतिले अमेरिकी साम्राज्यवाद विभिन्न ढङ्गबाट नेपाल भित्रिएर हस्तक्षप बढाएको बताएका हुन् । उनले विदेशीको रुप धारण गरेर देशभित्र राजनीति गर्नेले दीर्घकालिन […]

२०८० जेष्ठ २० गते, शनिबार

नेपालमा अमेरिकी साम्राज्यवाद छिरिसक्यो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले नेपालमा अमेरिकि साम्राज्यवाद आइसकेको बताएका छन् । शनिबार घोराहीको साइ मन्दिरमा नेकपा पुर्वी दाङको पार्टी सदस्यहरुको एरिया स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रदिप सीले उक्त कुरा बताएका हुन् ।प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रदिप सीले भने– ‘नेपालमा अमेरिकी साम्राज्यवादले आफ्नो प्रभाव […]

२०८० जेष्ठ २० गते, शनिबार

नेकपानिकट जनवर्गीय संगठनद्वारा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्धघाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राखिएको घटनाको बिरोध गर्दै भारतिय दूतावास लैनचौर अगाडि प्रर्दर्शन गरेको छ । विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य प्रकाश सीले […]

२०८० जेष्ठ २० गते, शनिबार