राजनीति

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडाैँ । नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएर विश्वका १८७ मुलुकमा पुगेको छ। संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर […]

२०८३ आश्विन ९ गते, शुक्रबार

ओलीद्वारा स्थायी कमिटी सदस्यका नाम सचिवालय बैठकमा पेश

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका सदस्यहरूको नाम सचिवालय बैठकमा पेश गरेका छन्। पार्टी कार्यालय ललितपुरको च्यासलमा बसिरहेको बैठकमा उनले स्थायी कमिटीमा रहने नेताहरूको नाम प्रस्ताव गरेका हुन्। जसमा देवराज घिमिरे, काशीनाथ अधिकारी, शिवमाया तुङ्बाहाङफे र विमला घिमिरेलगायत छन्। बाँकी नामहरू छुटेको जिल्लाबाट समेट्ने अध्यक्षले बताएका छन्। एमालेको १८ जना […]

२०८३ आश्विन ८ गते, बिहीबार

देउवा पक्षले समानान्तर केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि खटायो !

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशनका लागि ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ७७ मध्ये ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएका छन् । रुकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन ।समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हङ्गाम, पाँचथरमा […]

२०८३ आश्विन ८ गते, बिहीबार

सार्वजनिक यातायात व्यवस्थापनका लागि १५ बुँदे निर्देशन

काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायात व्यवस्थापनका लागि १५ बुँदे निर्देशन दिएको छ। विभागले सरोकारवाला निकायलाई निर्देशन पठाउँदै अग्रिम टिकट बुकिङ, सडक सुरक्षा तथा यात्रु सेवा सहज बनाउने निर्णयहरू सार्वजनिक गरेको हो। यद्यपि, अग्रिम टिकट बुकिङ खुलाउने अन्तिम मिति भने विभागले अझै तय गरेको छैन।यात्रुको सुविधाका […]

२०८३ आश्विन ७ गते, बुधबार

नेकपा (माओवादी) द्वारा निमादेवी भुसालको निधनप्रति दुख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निमादेवी भुसालको निधन प्रति दुख व्यक्त गरेको छ। सो पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले एक शोक बक्तब्य जारी गर्दै प्युठान जिल्लाका सचिव एबम् केन्द्रीय प्रतिनिधि समिति सदस्य गिरुप्रसाद भुसाल ( परिवर्तन सी)को ममतामयी आमा निमादेवी भुसालको निधन प्रति दुख व्यक्त गरेका हुन् ।यस बिषयमा नेकपा (माओवादी)का लुम्बिनी […]

२०८३ आश्विन ७ गते, बुधबार

नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । नेपाल र ग्रेनाडाबिच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका देशको सङ्ख्या १८६ पुगेको छ ।अमेरिकास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा अमेरिकी समय अनुसार मंगलबार भएको एक कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खानाल र ग्रेनाडा सरकारका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापना […]

२०८३ आश्विन ७ गते, बुधबार

प्रधानमन्त्री शाह न्युयोर्क जाँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क प्रस्थान गर्नेछन् ।प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत […]

२०८३ आश्विन ६ गते, मंगलवार

बिनाकारण वा जथाभावी हत्कडी नलगाउ !

काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी नलगाउन प्रहरीका नाममा सोमबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार सरकारसहित प्रधान कार्यालय र अन्य सम्बन्धित निकायका नाममा यस्तो आदेश दिएको हो ।विवेक चौधरी, रोशन आउजी र विकास यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, […]

२०८३ आश्विन ६ गते, मंगलवार

ओलीद्वारा नेतृत्व नछोड्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछोड्ने उदघोष गरेका छन्। सो पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सो उदघोष गरेका हुन् ।उक्त बैठकमा अध्यक्ष ओलीले ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ विषयक राजनीतिक प्रतिवेदन पेश गर्दै नेतृत्व छाड्न अस्वीकार गरका हुन्। […]

२०८३ आश्विन ५ गते, सोमबार

राष्ट्रियता रक्षाका लागि वामपन्थी एकता अनिवार्य

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले राष्ट्रियता रक्षाका लागि वामपन्थी एकता अनिवार्य भएको बताएका छन्। आइतबार काठमाडौँको होटल हार्दिकमा आयोजित राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारीमा ठगीको जालो’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको भन्दै राष्ट्रियताको रक्षाका […]

२०८३ आश्विन ५ गते, सोमबार