समाज

सुन्दरी प्रतियोगिताविरुद्ध प्रदर्शन

काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारीसहित ७ महिला संगठनहरूले महिलाको वस्तुकरण बन्द गराैँ ! कथित सुन्दरी प्रतियोगिता खारेज गराैँ !! भन्ने मूल नाराका साथ सुन्दरी प्रतियोगिताबिरुद्ध प्रदर्शन गरेका छन् । शनिबार भएको उक्त विरोध प्रदर्शन कार्यक्रममा बाेल्ने वक्ताहरूले महिलालाई वस्तु सरह सुन्दरी बनाएर किनबेच गर्ने कथित सुन्दरी प्रतियोगिता खारेज गर्न माग गरे । महिलालाई […]

२०७९ असार ५ गते, आईतवार

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज अपरान्ह ३ बजे राष्ट्रिय सभा गृहबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकाको कार्यपालिकाको बैठक अहिले बसिरहेको छ । नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षको समेत भावना र […]

२०७९ असार ५ गते, आईतवार

नेकपा सिन्धुपाल्चोकको १६ औं पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको १६ औं पूर्ण बैठक सम्पन्न भएको छ । बैठक बिहीबार मेलम्चीमा बसेको हो । बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज आधारको प्रमुख आतिथ्यता रहेको थियो ।महान सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरि सुरु भएको बैठकमा जिल्लाका सबै सदस्यहरुले आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए । बैठकमा पार्टीको […]

२०७९ असार ३ गते, शुक्रबार

आज चुरे दिवस : एक लाख बोटबिरुवा रोपिँदै

काठमाडौँ । आज आठौं चुरे दिवस । नेपाल सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनको अवसर पारेर हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा चुरे संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति छ , जस अन्तर्गत चुरे संरक्षणका कार्यक्रम […]

२०७९ असार २ गते, बिहीबार

२७ वर्षदेखि बेपत्ता पुरुषको उद्धार !

काठमाडौं । प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, दिल्लीस्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुरको सहयोग र समन्वयमा लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो । विसं २०७९ जेठ ९ गते […]

२०७९ असार १ गते, बुधबार

अनुमति एकातिर उत्खनन अर्कैतिर

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य बस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मङ्गलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर रु दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन ग-यो । ‘हामीले ग्वारखोला र कालाखोलाका […]

२०७९ जेष्ठ ३० गते, सोमबार

अवैध वन्यजन्तुसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले अवैध वन्यजन्तु कछुवासहित दुईजनालाई पक्राउ गरेको छ । टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा […]

२०७९ जेष्ठ ३० गते, सोमबार

बृहत् साकेला सिली प्रदर्शन

काठमाडौं । महिना दिनसम्म मनाइने किरात समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो । किरात राई यायोख्खा र किरात सेवा समाज खोटाङले संयुक्तरूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका […]

२०७९ जेष्ठ २९ गते, आईतवार

‘नेपाल गौरव यात्रा’ सम्पन्न

काठमाडौँ । आज चौथो ‘नेपाल गौरव यात्रा’ मनाइएको छ । नेपालमा ०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूसम्बन्धी सार्वजनिक कार्यक्रम र उपस्थिति वृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो । स्टोनवाल विद्रोहको ५० औँ […]

२०७९ जेष्ठ २८ गते, शनिबार

काठमाडौंमा एकबिहानै भूकम्पको धक्का

काठमाडौं । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चागुनारायण केन्द्रबिन्दू भएर ४.७ रेक्टरस्केलको गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो । प्रत्यक्ष महसुस हुनेगरी काठमाडौं उपत्यकामा लामो समयपछि भूकम्प आएको मापन केन्द्रले जनाएको छ । आज बिहानको भूकम्पसँगै मानिसहरु घर बाहिर निस्केका थिए।

२०७९ जेष्ठ २८ गते, शनिबार