पर्यटन

सगरमाथा पदमार्गमा अस्पताल

काठमाडौ । खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसका लागि […]

२०७९ कार्तिक २६ गते, शनिबार

पाटे बाघ मृत भेटियाे

काठमाडौ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण […]

२०७९ कार्तिक २६ गते, शनिबार

अक्टोबरमा ८८ हजार ५८२ पर्यटक भित्रिए

काठमाडौं । नेपाल पर्यटन बोर्डले पछिल्लो १० महिनामा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको छ । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आए । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए । यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा […]

२०७९ कार्तिक १९ गते, शनिबार

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

काठमाडौँ । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो। बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ। माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो। […]

२०७९ कार्तिक १६ गते, बुधबार

१६१ जनाद्वारा मनास्लु हिमाल आरोहण

काठमाडौं । पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतुमा १६१ जना आरोहीले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका छन् । जसमध्ये ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि ४०४ जना विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको […]

२०७९ कार्तिक १४ गते, सोमबार

मनमोहक भू-दृश्यले फेरिँदै मुस्ताङको मुहार

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन्। मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ। धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो। पछिल्लो समय मुस्ताङ आन्तरिक […]

२०७९ कार्तिक ११ गते, शुक्रबार

साराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण गरिदै

काठमाडौँ । अन्नपूर्ण केबुलकार कम्पनीले रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्ने बताएको छ । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको जानकारी दिए । “पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिनेछ,” उहाँले भन्नुभयो, “मूर्ति निर्माणको काम भारतमै हुने […]

२०७९ कार्तिक ८ गते, मंगलवार

नौ सय बढी आरोहीद्वारा हिमाल आरोहणको अनुमति

काठमाडौं । पर्ययटन विभागका यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका […]

२०७९ आश्विन २८ गते, शुक्रबार

पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’

काठमाडौँ । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाका परिकारका कारण होमस्टेलाई पहिलो रोजाइ बनाउने गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको भरपुर […]

२०७९ आश्विन २१ गते, शुक्रबार

पर्यटकीय क्षेत्रमा चहलपहल

काठमाडाैं । बडादशैंसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दशैंका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दशैं सुरू भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता […]

२०७९ आश्विन १६ गते, आईतवार