पर्यटन

भोलि चम्पादेवी मेला

काठमाडौं,३० चैत । काठमाडौं दक्षिणभेगस्थित चम्पादेवी डाँडामा आगामी वैशाख १ गते चम्पादेवी मेला लाग्ने भएको छ ।काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका विभिन्न भूभागका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न सकिने दुई हजार २५० मिटर उचाइको चम्पादेवीबाट मकालु लाक्पादोर्जे, गौरी शङ्करलगायतका हिम श्रृङखलाहरू अवलोकन गर्न सकिन्छ । मेलाप्रतिको बढ्दो आकर्षणसँगै पछिल्ला वर्षमा आएर चम्पादेवी क्षेत्र सुधार तथा […]

२०७० चैत्र ३० गते, आईतवार

मनमोहक पञ्चासे, जहाँ चराले फाल्छ तालको पात

काठमाडौँ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे डाँडा सुन्दर र मनमोहक पर्यटकीय गन्तव्य हो । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै तत्व छन् । सुन्दर पर्यटकीय सहर पोखराबाट झण्डै ३८ किलोमिटरको मोटरबाटोबाट पर्वतको डिमुवा पुगेपछि फेरि कच्ची बाटोमा झण्डै एक घण्टाको जीप यात्रा गरेर पर्वतकै चित्रे गाविसमा पर्ने खोलापारी गाउँ पुगिन्छ । खोलापारीबाट तीन घण्टा पैदल […]

२०७० चैत्र २९ गते, शनिबार

चतरामा नेपालकै ठूलो र अग्लो हनुमान मूर्ति !

काठमाडौं ,२८ चैत। सुनसरीको बराहक्षेत्र गाविसको धार्मिक तीर्थस्थल प्राचीन हरिद्वार चतरास्थित कोशिकी तटको जगत्गुरु श्रीरामानन्दाचार्य सेवापीठ क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो तथा ठूलो हनुमान मूर्ति स्थापना गरिएको छ । प्राचीन हरिद्वार कुम्भ क्षेत्रका लागि पौराणिक देवदेवी र कुम्भस्तम्भ तथा कुण्डहरुको निर्माणका क्रममा हुनमानको मूर्ति स्थापना गरिएको हो । भारतको हरिद्वार परिदा आट्र्स केन्द्रका कलाकार श्रीफकिरचन्द्र परिदाले […]

२०७० चैत्र २८ गते, शुक्रबार

आजदेखि विस्केटजात्रा

काठमाडौं ,२७ चैत। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा आज बिहान पाँच बजे भैरवको पूजा गरि सुरु भएको छ ।नयाँवर्षको चार दिन अगाडि सुरु भई बैशाखको ५ गतेसम्म सञ्चालन हुने जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । पहिलो दिन भैरव र भद्रकालीको पूजा गरेपछि अपरान्हदेखि भैरवनाथ […]

२०७० चैत्र २७ गते, बिहीबार

बिस्केट जात्राको तयारी पूरा

काठमाडौ, २६चैत ।भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केट जात्राको सबै तयारी पूरा भएको छ । चैत २७ देखि बैशाख ५ गतेसम्म मनाइने जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै काम सकिएको जात्रा सञ्चालक गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए । जात्रा सञ्चालनका लागि जात्रा व्यबस्थापन समिति गठन र बिभिन्न […]

२०७० चैत्र २६ गते, बुधबार

पोखरामा अन्तराष्ट्रिय विमान स्थल बन्ने

काठमाडौं,२५ चैत । लामो समय देखि बन्न नसकेको पोखराको छिनेडाडामा रहेको अन्तराष्ट्रिय विमान स्थल बन्ने भएको छ । नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले आज पोखरा अन्तराष्ट्रीय बिमानस्थल निर्माण गर्न पछिल्लो संसोधित रकम २१६ मिलियन डलरमा चिनिया कम्पनी CAMCE लाई दिने निर्णय गरेको छ । निर्णयसंगै पोखरामा विमान स्थल बन्ने पक्का भएको हो ।करिब ४० […]

२०७० चैत्र २५ गते, मंगलवार

लालीगुराँस महोत्वस हुँदै

काठमाडौँ । बागलुङ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थल घुम्टेको लेकमा यही चैत ३० र वैशाख १ गते लालीगुराँस महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धनसँगै राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । […]

२०७० चैत्र २४ गते, सोमबार

चारदिने साइकल यात्रा

काठमाडौँ, २३ चैत । भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्माणको त्रिसंयोग परेको दिनको अवसर पारेर टुर डे लुम्बिनी नामक संस्थाले काठमाडौँबाट बुद्धको जन्मस्थल लुम्बिनीसम्म चारदिने बृहत साइकल यात्रा गर्ने भएको छ ।महाअभियान–राष्ट्र पहिलो, स्वाभिमान नेपाल भन्ने मूल नाराका साथ आयोजना हुने टुर डे लुम्बिनी साइकल ¥यालीको नेतृत्व विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा हुनेछ […]

२०७० चैत्र २३ गते, आईतवार

फेवा महोत्सव चैत २८ देखि

काठमाडौँ । नयाँ वर्ष२०७१ उत्सवका रुपमा मनाउन पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई आमन्त्रण गर्दै रमणीय फेवाताल किनारमा महोसत्व गर्ने भएका छन् । पर्यटन, संस्कृति र खाना महोत्सवको नाम दिइएको महोत्सव चैत २८ देखि वैशाख २ गतेसम्म फेवाताल किनार पोखरा वसुन्धरा पार्कमा हुनेछ । माछापुच्छे्र, अन्नपूण् हिमशृंखला र तालतलैयाले प्राकृतिक रुपमै रमणीय बनाएको पोखरा उपत्यकामा अवस्थित […]

२०७० चैत्र २२ गते, शनिबार

बन्दीपुर महोत्सव चैत्र २९ देखि

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पाँच दिनमा ७५ हजार पर्यटक भित्र्याइने भएको छ । ७५ हजार पर्यटक भित्र्याउने उद्देश्यका साथ बन्दिपुर महोत्सव आयोजना हुनेभएको हो । यही चैत्र २९ देखि बैशाख ३ गतेसम्म चल्ने पाँचौं बन्दीपुर महोत्सव तथा राष्ट्रिय साहित्य सम्मेलनका क्रममा त्यतिका संख्यामा पर्यटक भित्र्याउने लक्ष्य लिइएको हो । मंगलबार बन्दीपुरमा पत्रकार सम्मेलन […]

२०७० चैत्र १७ गते, सोमबार