बिश्व

इजरायलको आक्रमणबाट २४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । इजरायलको आक्रमणबाट हालसम्म गाजामा २४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ। हमास लक्षित भनिए पनि सो आक्रमणमा ९ हजार ६०० बढी बालबालिका र ६ हजार ७५० बढी महिलाको मृत्यु भएको छ। इजरायली आक्रमणमा ६० हजार बढी प्यालेस्टाइनी घाइते भएका छन्। जसमा ८ हजार ६०० बढी बालबालिका छन्। ८ हजार बढी प्यालेस्टाइनी बेपत्ता छन्। […]

२०८० माघ २ गते, मंगलवार

इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक दर्जनौँ विस्फोटन

काठमाडौँ । एबीसी न्यूजका अनुसार इराकमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक दर्जनौँ विस्फोटन भएका छन् । अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको जनाएको छ । रिभोलुसनरी गार्ड्सले जासूस मुख्यालय र इरानी विरोधी आतंकवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको बताएको छ । एक इराकी सुरक्षा स्रोतले एबीसी न्यूजलाई […]

२०८० माघ २ गते, मंगलवार

माल्दिभ्सद्वारा भारतीय सेनालाई देश छाड्न अल्टिमेटम

काठमाडौँ । माल्दिभ्स सरकारले भारतीय सैनिकहरूलाई देश छोड्न मार्च १५ सम्मको अल्टिमेटम दिएको छ । मोहम्मद मुइज्जु सरकारले भारतीय सैनिकहरूलाई मार्च १५ सम्ममा माल्दिभ्स छाड्न भनेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८ जना भारतीय सैनिक माल्दिभ्समा छन् । ती सेनाले मार्च १५ सम्ममा फिर्ता हुन माल्दिभ्स सरकारले भारतीय […]

२०८० माघ १ गते, सोमबार

फ्रेडरिक डेनमार्कका राजा घोषित

काठमाडौँ । डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन्। युवराज फ्रेडरिकलाई हिजो औपचारिक रूपमा राजा घोषित गरिएको हो ।डेनिस महारानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो। महारानी मार्गरेटले आफू जीवितै हुँदा राजगद्दी त्याग गरी छोरालाई राजा बनाएकी हुन्। सो ऐतिहासिक क्षण हेर्नका लागि डेनमार्कमा हजारौं मानिस भेला भएका […]

२०८० माघ १ गते, सोमबार

प्यालेस्टिनको समर्थनमा लण्डनमा जुलुस

काठमाडौँ । बेलायतस्थित मध्य लन्डनमा प्यालेस्टिनको समर्थनमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । आयोजकले प्यालेस्टिनी जनताको समर्थनमा विश्वका ३० देशमा प्रदर्शन भइरहेको बताए । प्रदर्शनकारीहरूले गाजामा तत्काल पूर्ण युद्धविरामको माग गर्दै ‘अब युद्धविराम’ नारा लगाएका थिए।गाजामा बाल शरणार्थी समस्यामा ध्यानाकर्षण गर्दै प्रदर्शनकारीहरूले लिलित अमल नामक सिरियाली बाल शरणार्थीको विशाल पुतलाको साथ मार्च गरिरहेका थिए । […]

२०८० पुष २९ गते, आईतवार

न्युजिल्यान्डमा पानीको हाहाकार

काठमाडौँ । प्रचण्ड गर्मीले पानीका मुहान सुक्दा न्युजिल्यान्डमा पानीको हाहाकार भएको छ । सरकारले पानीको अभाव भएको भन्दै पानी जोगाउन जनतालाई अपिलसमेत गरेको छ । राजधानी वेलिङ्टन, पिक्टन र अन्य मध्य न्यूजील्याण्ड क्षेत्रका साथै साउथ आइल्याण्डको ओटागो क्षेत्रका बासिन्दाहरूलाई आगामी हप्ताहरूमा देशभरि गर्मीको तापक्रम बढ्दै गएपछि पानीको संरक्षण गर्न भनिएको हो ।वेलिंग्टन महानगरीय क्षेत्र जनवरी […]

२०८० पुष २९ गते, आईतवार

इजरायल–हमास युद्ध : ८२ पत्रकार मारिए

काठमाडौँ । इजरायल र हमासबीचको पछिल्लो द्वन्द्व सुरु भएयता मध्यपूर्वमा पत्रकार मारिनेक्रम बढेको छ । गत अक्टोबर ७ यता गाजापट्टी, इजरायल र लेबनानमा गरि कम्तिमा ८२ पत्रकार मारिएका छन् । गत अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा प्रवेश गरेर हिंसा मच्चाएसँगै शुरु भएको लडाइँपछि इजरायलले लगातार शक्तिशाली आक्रमण गरी गाजाको अधिकांश क्षेत्र ध्वस्त पारेको छ।हालसम्म […]

२०८० पुष २९ गते, आईतवार

बेलायतद्वारा युक्रेनलाई २.५० अर्ब पाउन्ड सहयोग

काठमाडौँ । बेलायतले युक्रेनलाई २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २ अर्ब ५० करोड पाउण्डको प्याकेज दिन घोषणा गरेका हुन्। प्रधानमन्त्री सुनकको यो घोषणासँगै सो सहयोग प्याकेजमार्फत युक्रेनलाई आगामी आर्थिक वर्ष २०२४ अप्रिलदेखि सहयोग उपलब्ध हुनेछ। बेलायतले युक्रेनलाई दिएको सहयोग यसअघिको […]

२०८० पुष २८ गते, शनिबार

अमेरिका र बेलायतद्वारा हुथी समुहविरुद्ध हवाई हमला

काठमाडौँ । अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही समुहविरुद्ध हवाई आक्रमण सुरु गरेको छ । यमनको राजधानी साना, हुदीदाहको बन्दरगाह, धामार सहर र उत्तर–पश्चिमी हुथी गढ सादामा एकसाथ आक्रमण भएको बताइएको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाए अनुसार विमान, जहाज र पनडुब्बीबाट एकसाथ आक्रमण गरिएको छ ।बेलायतका प्रधानमन्त्री ऋषि सुनकले […]

२०८० पुष २७ गते, शुक्रबार

प्रहरी नै हड्तालमा उत्रिएपछि . . .

काठमाडौँ । पपुवा न्यूगिनीमा प्रहरी नै हड्तालमा उत्रिएपछि राजधानी पोर्ट मोरेस्बीमा ठूलो दंगा फैलिएको छ। तलबको विषयलाई लिएर प्रहरी नै हड्तालमा उत्रिएपछि कयौँ मानिस मारिएको आशंका छ। प्रहरी संसद भवन अगाडि गएर प्रदर्शनमा जम्मा भएपछि पोर्ट मोरेस्बीका बासिन्दाहरु ठूलो संख्यामा जम्मा भएर पसलहरुमा लुटपाट तथा आगजानी गरेका छन्।प्रहरी हड्तालमा गएपछि सरकारले सेना परिचालन गरेर स्थिति […]

२०८० पुष २६ गते, बिहीबार