बिश्व

लिवियामा समुद्री आँधी र बाढी : हजारौं बेपत्ता

काठमाडौँ । लिवियाको पुर्वी क्षेत्रका बेनगाजी, सुसा, बायदा, अलमार्ज र डेर्ना शहर समुद्री आँधीपछि आएको बाढीका कारण अस्तव्यस्त भएका छन् । आँधीपछी आएको बाढीमा पाँच हजार भन्दा बढी बेपत्ता भएका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सयौं सवारीसाधन क्षतिग्रस्त हुनुका साथै डेर्ना शहरमा पुराना बाँधहरु फुटेपछी बाढी पुरै शहरमा पसेको हो । जसका कारण हजार बढी […]

२०८० भाद्र २६ गते, मंगलवार

मोरक्को भूकम्प : ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

काठमाडौँ । शुक्रबार राति स्थानीय समयअनुसार ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको सिएनएनले उल्लेख गरेको छ। भूकम्पमा परेका १ हजार ४०४ जनाको अवस्था गम्भीर छ। शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।धेरै क्षति पनि पहाडी […]

२०८० भाद्र २४ गते, आईतवार

मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प : ८०० व्यक्तिको मृत्यु

काठमाडौँ । मोरक्कोमा शुक्रबार राति सवा ११ बजे गएको भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुरुमा ३१.११ डिग्रि उत्तर अक्षांश र ८.४४ डिग्रि पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको बताइएको छ […]

२०८० भाद्र २३ गते, शनिबार

पूर्वी युक्रेनमा रुसी गोलाबारी: १७ जनाको मृत्यु

काठमाडौँ । पूर्वी युक्रेनको एक सहरको बजारमा रुसी गोलाबारीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । साथै सो घटनामा परी दर्जनौं ब्यक्ति घाइते भएको प्रहरी अधिकारीहरूले यो जानकारी दिएका छन । यो घातक हमला यस्तो समयमा भएको छ, जुन बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई रुसी सेनाको विरुद्धमा समर्थन गर्न किभको भ्रमण गरिरहेका थिए। […]

२०८० भाद्र २१ गते, बिहीबार

ब्राजिलमा चक्रावत: २१ जनाको मृत्यु, सयौं घाइते !

काठमाडौँ । ब्राजिलमा चक्रवातका कारण हालसम्म कम्तीमा २१ जनाको ज्यान गएको छ भने सयौंजना घाइते भएका छन् । यससँगै अविरल वर्षाले बाढीको तीव्रतालाई थप बढाए पछि प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा समेत कठिनाइ भएको छ । ब्राजिलका गभर्नर रियो ग्रान्डे डो सुलले यसलाई आफ्नो राज्यको सबैभन्दा खतरनाक मौसमी प्रकोप भनेका छन्। अधिकारीहरुका अनुसार धेरै […]

२०८० भाद्र २० गते, बुधबार

कोइला खानीमा विस्फोट :६ जनाको मृत्यु

काठमाडौँ । इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी छ जना श्रमिकको मृत्यु भएको छ । उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा विस्फोट भएको सरकारी समाचार संस्था इरनाले जनाएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन ।इरनाले भनेको छ, ‘आइतबार दाम्घानमा कोइला खानीमा विस्फोट हुँदा ६ जना कामदार भूमिगत […]

२०८० भाद्र १९ गते, मंगलवार

जी–ट्वान्टी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सहभागी नहुने

काठमाडौँ । आगामी साता भारतमा आयोजना हुने जी–ट्वान्टी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने भएपछी अमेरिकी राष्ट्रपति जो बाइडेन निराश भएका छन ।ह्वाइट हाउसका अनुसार बाइडेन भारत भ्रमणका क्रममा चिनीयाँ राष्ट्रपतिलाई समेत भेट्ने आशा रहेकोमा सीले भ्रमण रद्द गर्दा निराश भएका हुन् । चिनियाँ राष्ट्रपति सी ले आफु सम्मेलनमा सहभागी नहुने स्पष्ट पार्दै […]

२०८० भाद्र १९ गते, मंगलवार

रुसद्वारा अन्तरदेशीय ब्यालेस्टिक मिसाइल तैनाथ

काठमाडौँ । युक्रेनसँगको युद्धको बीचमा रुसले अन्तर द्वीप ब्यालेस्टिक मिसाइल तैनाथ गरेको छ । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अनुसार युक्रेनसँग चलिरहेको युद्धको बीचमा आफ्नो देशले उन्नत अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) तैनाथ गरेको जनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले विगतमा यस मिसाइलले रुसका शत्रुहरूलाई दुई पटक सोच्न बाध्य बनाउने बताएका छन् । रुसी समाचार एजेन्सीका अनुसार रोसकोसमोसका […]

२०८० भाद्र १७ गते, आईतवार

गाबोनमा सैन्य ‘कु’

काठमाडौँ । अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कु’ भएको छ ।त्यहाँको सेनाले शक्ति हातमा लिएको र राष्ट्रपति अली बोङ्गोलाई घरमै नजरबन्दमा राखेको जनाइएको छ । राष्ट्रपतिका छोरालाई भने राष्ट्रद्रोहको अभियोगमा पक्राउ गरिएको छ । गाबोनमा चार दिनअघि यही अगस्ट २६ मा भएको निर्वाचनमा बोङ्गो तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । निर्वाचनमा उनले ६४ प्रतिशत मत […]

२०८० भाद्र १४ गते, बिहीबार

रुसको विमानस्थलमा ड्रोन आक्रमण

काठमाडौँ । रुसको उत्तर पश्चिमी सहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ । रुसका स्थानीय सञ्चार माध्यमले सो कुरा बताएका छन् । स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन् । गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज सुन्न सकिन्छ भने आगलागी भइरहेको देख्न सकिन्छ ।रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति […]

२०८० भाद्र १३ गते, बुधबार