बिश्व

फिलिपिन्समा ७.० म्याग्निच्युडको भुकम्प !

काठमाडौँ । फिलिपिन्समा ७.० म्याग्निच्युडको भुकम्प गएको छ। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर थियो । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओमा टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ७:३७ बजे भूकम्प गएको हो ।भूकम्पको वास्तविक तीव्रता […]

२०८३ जेष्ठ २५ गते, सोमबार

ट्रम्पद्वारा इरानसँग   २२ प्रतिशत क्षेप्यास्त्र बाँकी रहेको दावी

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले   इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको दावी गरेका छन्। ट्रम्पले एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्ताका क्रममा अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको समेत दावी गरेका हुन्  । इरानसँग बाँकी रहेको क्षेप्यास्त्र भण्डारको यो अनुमान गत मे महिनामा राष्ट्रपति ट्रम्पले दिएको १८ प्रतिशत […]

२०८३ जेष्ठ २४ गते, आईतवार

पुटिनद्वारा जेलेन्स्कीको वार्ता प्रस्ताव अस्वीकार

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको वार्ताको प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले जेलेन्स्कीको व्यवहारको आलोचना समेत गरेका छन् । सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा शुक्रबार भएको छलफलका क्रममा रूसी नेता पुटिनले जेलेन्स्कीको पत्रबारे टिप्पणी गरेका थिए। जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र पठाउँदै युद्धविरामका लागि भेट्न आग्रह गरेका थिए।जेलेन्स्कीले पत्रमा पुटिनको […]

२०८३ जेष्ठ २३ गते, शनिबार

उत्तर कोरियाद्वारा  परमाणु हतियारको इन्धन उत्पादन गर्ने नयाँ केन्द्र सार्वजनिक

काठमाडौँ ।  उत्तर कोरियाले परमाणु बमका निम्ति आवश्यक पर्ने इन्धन उत्पादन गर्ने एउटा नयाँ केन्द्र बिहीबार सार्वजनिक गरेको छ । सार्वजनिक गर्ने अवसरमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको परमाणु शक्तिलाई तीव्र गतिमा सुदृढ पार्ने योजनाको घोषणा पनि गरेका छन् ।  उत्तर कोरियाको आधिकारिक सञ्चारमाध्यम कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)का अनुसार, बुधबार उक्त […]

२०८३ जेष्ठ २२ गते, शुक्रबार

इजरायल-लेबनन युद्धविराम हेजबुल्लाहद्वारा अस्वीकार

काठमाडौँ ।   इजरायल र लेबनानबिच गरिएको युद्धविराम सम्झौतालाई लेबननी सशस्त्र समूह हेज्बुल्लाहले अस्वीकार गरेको छ । यसअघि बुधबार अमेरिकाले हेज्बुल्लाहले आक्रमण बन्द गर्नुपर्ने सर्तमा इजरायल र लेबनन युद्धविराम लागु गर्न सहमत भएको बताएको थियो । तर त्यसलाई मान्न नसकिने हेजबुल्लाहले बताएको हो । हेजबुल्लाह प्रमुख नैम कासेमले विज्ञप्ति जारी गरी सम्झौता ‘बेकार’ र ‘लेबनानका लागि […]

२०८३ जेष्ठ २२ गते, शुक्रबार

 इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति

काठमाडौँ ।    इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले एक विज्ञप्ति जारी गर्दै यसको औपचारिक पुष्टि गरेको हो।अमेरिकी मध्यस्थतामा भएको यो युद्धविराम पूर्ण रूपमा सफल हुनका लागि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले आफ्ना सम्पूर्ण आक्रमणहरू रोक्नुपर्ने लगायतका कडा सर्तहरू राखिएका छन्। गत बुधबार दक्षिण लेबनानमा इजरायली हवाई […]

२०८३ जेष्ठ २१ गते, बिहीबार

इरानद्वारा कुवेत विमानस्थलमा   मिसाइल आक्रमण

काठमाडौँ ।   इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी गरेको भीषण आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन्। आक्रमणका कारण विमानस्थलमा ठूलो क्षति पुगेपछि अधिकारीहरूले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल सेवा केही समयका लागि पूर्ण रूपमा बन्द गरेका छन्। गत अप्रिल ८ तारिखदेखि लागू भएको युद्धविरामयता खाडी क्षेत्रमा भएको […]

२०८३ जेष्ठ २१ गते, बिहीबार

अमेरिकाद्वारा इरानतर्फ जाँदै गरेको खाली तेल ट्यांकरमा आक्रमण

काठमाडौँ । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा आफ्नो नौसैनिक नाकाबन्दी अभियानअन्तर्गत इरानतर्फ जाँदै गरेको एउटा खाली तेल ट्यांकरमा आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार बोत्सवानाको झण्डा बाहक जहाजले पटक–पटक दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी विमानले त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।सेन्टकमले मंगलबार सार्वजनिक गरेको भिडियोमा उक्त ट्यांकरमाथि आक्रमण गरिएको क्षण […]

२०८३ जेष्ठ २० गते, बुधबार

इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

काठमाडौँ । इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा बन्द गरेर यसको सट्टामा बाब अल–मन्डेबसहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको अर्धसरकारी समाचार संस्था तस्निमले जनाएको हाे । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको […]

२०८३ जेष्ठ १९ गते, मंगलवार

अमेरिकासँग सम्झौताका लागि लेबनानमा युद्धविराम अनिबार्य : इरान

काठमाडौँ । मध्यपूर्व युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिकासँग कुनै पनि सम्झौताका लागि लेबनानमा युद्धविराम एक प्रमुख शर्त भएको इरानको विदेश मन्त्रालयले सोमवार जनाएको छ। लेबनानमा इजरायलले आक्रमण विस्तार गरेपछि प्रतिक्रिया दिँदै इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले भने -“हामी युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौताका लागि लेबनानमा युद्धविराम अनिवार्य शर्त भएको कुरामा जोड दिन्छौँ। […]

२०८३ जेष्ठ १९ गते, मंगलवार