पुँजीवादले गरेको सांस्कृतिक हस्तक्षेप

२०८० बैशाख ४ गते, सोमबार

विक्रम सी

पुँजीवादले संस्कृतिलाई आफ्नो सत्ता र स्वार्थ कायम गर्नका लागि प्रयोग गर्दै आइरहेका छन् । विश्वभरीका देशहरु जहाँ पुँजीवाद स्थापित भएका देशमा पुँजीवादलाई वलियो वनाउन र पुँजीवाद स्थापित नभएका देशहरुमा पुँजीवाद आफ्नो औपनिवेश खडा गर्न मरिमेटी लागेको छ । पुँजीवादले आदर्शवादी दर्शनलाई विश्वभरि फैलाउने नभएको स्वर्ग–नर्कको कल्पनामा मानिसको जीवनलाई कैद गरिदिने काम गरिरहेकोछ । सिङ्गो मानव जातिलाई यथार्थको धरातलबाट अलगथलग पारेकोछ । वास्तविक विज्ञान र सत्यबाट गलत र भ्रममा वाच्न विवस वनाएको छ । सम्पूर्ण मानवजातीलाई पुँजीनियन्त्रित एउटा वस्तुमा रुपान्तरण गरेको छ । महिलाहरुलाई मनोरञ्जनको साधनको रुपमा लगेको छ । आफ्नो वर्गको लागि संस्कारलाई भरपुर प्रयोग गरेको छ । आफ्नो सत्तास्वार्थको लागि अनैतिक अमानविय कार्य गर्दै आइरहेको छ । पुँजीवाद र उसको राजनीति स्थापित गर्न मान्छेलाई जस्तोसुकै अनैतिक, छाडा, अस्लिल क्रुर र हिंस्रक वन्न तयार भएर आएको छ । मुलत यो सैन्य, प्रविधि, आर्थिक, राजनीतिक, भौगोलिक सवै हिसावमा आएको छ । हाम्रो देशमा पनि जवरजस्त धार्मीक र साँस्कृतिक रुपमा आएको छ । पुँजीवादी सँस्कारमा समानता, स्वतन्त्रता, सामुहिकता, मानवियता भन्ने विषयहरु यसमा वेकार र अर्थहीन छन् । पुँजीवादले सारा संस्कृतिलाई एक अम्खराको पानी जस्तै वनाएको छ । यी र यस्ता तमाम विषयमा हामीले यो लेखमा चर्चा गर्नेछौँ ।

भूमण्डलीकृत पुँजीवादले आफ्नो सत्ता र प्रभूत्वलाई संस्कृतिमा बदल्ने कार्य गर्दै आएकोछ । उसले आफ्नो समृद्धि र हैकमका लागि गरीब देशहरुमा धर्म, अन्धविश्वास, रुढिवादलाई पुँजीको बलमा फिजाइरहेको छ । यसका पछाडि केही गंभीर षड्यन्त्र छिपेका छन् । पुँजीवादले धर्मसंस्कृतिद्वारा विश्वका साना देश र त्यहाँका जनताहरुमा तल दिएका स्वार्थहरु पुर्ति गर्दै आएकोछ ।

जनतालाई क्रान्तिकारी विचारबाट विमुख गराउँछ

धर्म संस्कृतिको नाममा पुँजीपति वर्गले उत्पीडित वर्ग, जाति र समुदायलाई वर्ग संघर्षको क्रान्तिकारी विचार र मार्गबाट विमुख गरी उत्पीडित हुनुको कारण सत्ता होइन, आफ्नै भाग्य र पूर्वजुनिको पाप र दैवीक कारण हो भन्छ । यो नै घोर प्रतिक्रियावादी सोच हो । जनतालाई यथार्थ ज्ञानबाट परको संसारमा पुराउने र आफ्नो लुटको संसार वचाउने प्रपञ्च हो यसलाई जनताहरुमा स्पस्ट गर्नु पर्दछ । पुँजीवादले भारतिय च्यानलहरु खुल्ला गरेर शिव पूजा कसरी गर्ने, कुन पूजामा कुन फेसनका कपडा लगाउने, कस्ता गहना लगाउने, श्रीमानसँग के–के माग गर्ने, श्रीमानको खुट्टामा ढोक्ने, पैतलाको पानि खान सिकाउछ यसरी नेपालको संस्कृतिमा नाङ्गो हस्तक्षेप गरेको छ । यो धर्म सँस्कारले महिलाहरुलाई वोक्सीको आरोपमा दिसा खुवाउने, हत्या गर्न प्रेरित गर्ने, उत्पीडित तथा श्रमिक समुदायलाई छुवाछुत गर्ने, तल्लो माथिल्लो जात भनेर हेप्ने काम गरिरहेकोछ । महान गुरु माक्र्सले धर्म अफिम हो भन्नु भएको छ । जुनसुकै धर्म आदर्शवादी दृष्टिकोण र पुँजीवादले नेतृत्व गरेको हुन्छ । नेपालमा नेपालीहरुलाई हिन्दू धर्म छोड्न लगाएर कृश्चियन धर्ममा प्रवेश गर्न लगाएका छन् । त्यो भनेको गाँजाको सट्टा हिरोईन खान लगाए जस्तै हो । नेपालीहरुलाई आफ्नो धर्मपरिवर्तन गर्न लगाएर धमाधम कृश्चियन वनाउँदै छन् । ठुलठुला चर्च, गुम्वा वनाएका छन् । ती धर्मालयहरु न त नेपालमा दर्ता गरेका छन् न त नेपाल सरकारसँग कुनै स्वीकृति लिन नै जरुरी ठान्दछन् । यस्ता विधेशी धर्मसँस्कार संस्कृति वेरोकटोक साढेजस्तै मनपरि गरिरहेका छन् । त्यो चर्च, गुम्वा, मन्दिर या मस्जिदमा के काम गर्छन भन्ने सरकारलाई कुनै जानकारी नै हुँदैन । यी संस्थाहरु नेपाल सरकारको कानुनसँग मेल खन्छन् कि खादैनन या यो नेपालको आवश्यकता हो कि होइन सरकार पुरै बेखवर छ । धर्म गुरुहरुले नेपाली जनताहरुलाई हेपिरहेका छन् यो सबै उदारीकरण र पुँजीवादी व्यवस्थाको मलजल गर्न खोलिएका संस्थाहरु हुन् । यसको रेखदेख गर्ने काम पुँजीवादले गरेकोछ । यी सवै धर्मालयहरु नेपालबाट लखेट्नु पर्दछ । विहान वेलुका हरेराम, प्रमेश्वर, ओम मानेपेमे या अल्हा भन्न लगाउँने धनी गरिव हुनु वर्गस्वषणको कारण हो भन्ने चेतनाबाट विमुख गराएर सवै जनताहरुलाई क्रान्तिकारी विचारबाट च्युत गर्न यो दलाल पुँजीवाद धर्मको नाममा आफ्नो काममा लागि परेकोछ । कम्युनिस्टहरुले यो सवै खारेज गर्नुपर्दछ ।

क्रान्तिकारीहरुलाई पार्टीबाट फर्काउने षड्यन्त्र गर्छ

पुँजीवादले वैधानिक अवैधानिक वेश्यालयहरु खोलेको छ । महिलाहरुलाई सुन्दरी प्रतियोगिता गर्न लगाउँदछ । महिलाहरुलाई विशालवजारमा विक्री गर्न राखिएको सामान जस्तो विज्ञापन वोर्डमा प्रयाकेग गरिरहेको छ । महिलाहरुलाई नग्याएर सडकमा राखेको छ मोलतोल गरिरहेको छ । एउटा मानवलाई मनोरन्जनको साधन वनाएको छ । पैसा तिरेपछि मनोरन्जन लिन पाउने संस्कार बनाएको छ । ठाउँठाउँमा डिस्को डान्सवार, दोहोरी साँझ, मसाज सेन्टर, जुवातास पैसा हुनेले जे पनि गर्न पाउने सँस्कारले क्रान्तिमा लागेका नेताहरुसमेत पैसा हातमा परेपछि त्यतैतिर लम्किने खतारा वढार्ईदिएको छ, अहिले हिजो जनयुद्धमा लागेका साथीहरुसमेत पैसा कमाउन मरिहत्य गरिरहेका छन् । किनकि त्यो पुँजीवादी सँस्कारको लाभको भुतले उहाँहरुलाई समेत तानिरहेकोे छ । धेरै कम्युनिस्ट नेताहरु समेत यो सँस्कारबाट अछुतो छैनन् । पँुजीवादी सँस्कारको मुख्य उद्देश्य नै यही हो सबै क्रान्तिकारी नेताहरुलाई समेत यो सँस्कारको मातमा डुुवाएर लठ्ठ वनाउने र विचार राजनीति र आदर्शबाट च्युत वनाएर पुँजीवाद नै आदर्श व्यवस्था हो भन्न लगाउने गराउँछ । अहिले नेपालमा पुँजीवादी धर्मसंस्कारको नाममा श्रमिक जनतालाई क्रान्तिकारी राजनीति र क्रान्तिकारी पार्टीबाट फर्काएर धर्मको अन्धतातिर धकेल्ने प्रयत्न गरिरहेको छ र सही कुरामा पर्दा हालेर गलत सँस्कारले लपेटी रहेको छ यो नै प्रतिक्रियावादी दलाल पुँजीवादी सत्ताको संरक्षण गर्ने खेल हो । नेपालमा धेरै कम्युनिस्ट नेताहरु जिवनभरि वर्ग सँघर्षमा भाग लिएर मर्नेवेलामा काँग्रेस भएर मर्न वाध्य भएकाछन् । हुन त अरु कारण पनि होलान मुख्य गरी यो पनि पुँजीवादी धर्म सँस्कारको सिकार भएको मान्नु पर्छ ।

धर्मबाट साम्राज्यवाद राजनीतिमा प्रवेश गर्छ

सम्राज्यवादले धर्मसँस्कार र संस्कृतिको वाहानामा आपूmभन्दा साना देशहरुमा राजनीति घुसाउने प्रयत्न गर्दछ । सक्रिय पुँजीवादलाई स्थापित गर्ने नसकिए आफ्नो उपनिवेश कायम गर्ने, साना देशहरुमा साम्राज्यवादी राजनीति प्रवेश गराउने र धार्मिक राजनीतिद्वारा नियन्त्रण गर्ने अनि श्रमिक जनतालाई नै साम्राज्यवादीको दास बनाउने साम्राज्यवादीहरुको योजना छ । त्यसका लागि देशको राजनीतिमा नै हस्तक्षेप गर्ने यो निकै खतरनाक खेल हो जुन अमेरिकाले साना देशहरुमा निरन्तर प्रयत्न गरिरहेकोछ । नेपालमा क्रिश्चियन धर्मको व्यापक विस्तार गरी नेपाल परिवार दल नै खेलेर सांसद नै वनाएको हामीले वुझेकै कुरा भयो, कहिले उज्वल थापा, कहिले रविन्द्र मिश्र यिनीहरुबाट पनि काम नभएपछि अहिले रवि लामिछानेको पार्टी नै वनाएर अगाडि वढाएको छ । अमेरिकन गुप्तचर सँस्था सीआईएको निर्देशनमा साम्रज्यवादी देश अमेरिकाले नेपालको सुनभन्दा चार सय गुणा महंगो युरोनियम आणविक धातु लिनका लागि यो सवै गरिरहेको छ । यो धर्मसँस्कार र संस्कृतिको नाममा साम्राज्यवादी देशले आफ्नो पुँजीवादी व्यवस्थालाई वलियो वनाउन, आपूmभन्दा साना देशहरुको प्राकृतिक स्रोतसाधन कव्जा गर्न लागि पर्दछ यदि यो धर्मसंस्कारबाट भएन भने प्रत्यक्ष सैन्य हस्तक्षेप गरेर कव्जा गर्दछ । यो इराक र अफगानिस्तानमा तेल कव्जा गर्न र कंगोमा हिरा कव्जा गर्न गरेको सैन्य आक्रमण हेर्दा सहजै वुझ्न सकिन्छ ।

निष्कर्ष

साम्राज्यवादी देशले पुँजीवादी व्यवस्थालाई विश्वभरि स्थापित गरी श्रमिक जनतालाई दास वनाउन र आफ्नो लुटको संसार वचाउन धर्म सँस्कार र संस्कृतिमार्फत् आइरहेको छ । महिलाहरुलाई मनोरन्जनको साधन वनाएको छ र चौबाटोमा नंग्याएको छ । युवाहरुलाई नसा सेवन गरी डान्सवार, दोहोरीसाँझमा कैद गरिदिएको छ । क्रान्तिकारी जनतालाई यथार्त ज्ञानबाट च्युत गरी पुजापाठमा, धार्मिक अन्धविश्वासमा कैद गरेर विद्रोही चेताना मेटाई दिएको छ । धर्मको नामबाट राजनीतिक हस्तक्षेप गरेको छ ।

जनतालाई भ्रमित वनाउने यो पुँजीवादी धर्म, सँस्कार संस्कृति जमिन मुनि गड्नु पर्छ त्यसका विरुद्ध हामीले अनुसन्धान गरेको सी समाजको संस्कार संस्कृति लागू गर्नु पर्दछ । सी समाजले समाजमा भएका सवै पुँजीवादी सँस्कार संस्कृति खारेज गर्नु पर्दछ र अहिले हामीले जन्म, विवाहा र मृत्यु सँस्कार तयार गरिसकेका छौ, यसको व्यपक प्रचार र हामी आफैँले कडाईपूर्वक कार्यान्वयन गर्नु पर्दछ । थप सँस्कार र संस्कृतिको हामीले विकास गरी लागू गर्न लगाउनु पर्दछ । त्यसपछि मात्र यो दलाल पुँजीवादी धर्म, सँस्कार, संस्कृति सदाको लागि यो धर्तीबाट खारेज हुनेछ । तब मात्र दलाल पुँजीवादको अन्त्य गरी वैज्ञानिक समाजवाद लागू गर्न सक्नेछौँ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु