नेकपाद्वारा सुकुम्वासीलाई राहत वितरण

२०८० बैशाख २३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कैलालीको गोदावरी नगर समितिले सुकुम्बासीहरूलाई राहत वितरण गरेको छ। नगर इन्चार्ज कैलाश जोशी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष मिनराज ओझा लगायतका नेताहरूले चौकीडाँडास्थित नगरपालिकाले डोजर चलाएर हटाएपछि विचल्लीमा परेका सुकुम्बासीहरूलाई चामल ,दाल र त्रिपाल लगायत सामाग्रीहरू वितरण गरेका हुन् ।
बस्तिमा खान बस्न समस्या परिरहेको गुनासो आएपछि इन्चार्ज कैलाश जोशी लगायतले भेटघाट गरी आफ्नो पार्टी वास्तविक सुकुम्बासीको हक अधिकारका लागि सधै सहयोग र संघर्ष गर्न तयार रहेको बताउँदै खान बस्न सहयोग पुगोस् भनेर खाद्यान्न, त्रिपाल सहयोग गरेको जानकारी दिए।
गत वैशाख १८ गते मजदुर दिवसका दिन गोदावरी नगरपालिका र डिभिजन वन कार्यालय धनगढीले बिना पुर्व सुचना पकाएको खाना समेत खान नदिएर अमानवीय तरिकाले खाद्यान्न, भाँडाकुँडासहित बस्तिमा डोजर चलाएको थियो। सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बसेको बहानामा बस्तिमा डोजर चलाएको नगरपालिकाका मेयर विरेन्द्र भट्टले नेता विरबहादुर बलायरबाट सामुदायिक वन क्षेत्रमा नेपाली काँग्रेसको पार्टी कार्यालय शिलान्यास गराएपछि जनतामा व्यापक आलोचना शुरू भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार

आज काग तिहार

२०८२ कार्तिक ३ गते, आईतवार