पाथीभरा मन्दिरमा तीन करोडभन्दा बढी भेटी सङ्कलन !

२०८० भाद्र १९ गते, मंगलवार


काठमाडौँ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको छ । नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने दुई करोड १४ लाख भेटी सङ्कलन भएको थियो । उनले समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताए। पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ। यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए।
भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ। समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ। सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार