क्यानडामा रहेका विद्यार्थीले ४० घण्टासम्म काम गर्न पाउने

२०८० मंसिर २९ गते, शुक्रबार


काठमाडौँ । क्यानडा सरकारले बिद्यार्थीलाई फुल टाइम अर्थात बढीमा ४० घण्टा काम गर्न पाउने अवसर दिएको छ । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधा थियो । यो सुबिधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडी आवदेन दिएका बिद्यार्थीहरुका लागि हो।
विदेशबाट अध्ययन गर्न क्यानाडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात अप्रिल २०२४ सम्म २० घण्टा भन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेसँगै विद्यार्थीहरुमा उत्साह थपिएको छ ।
क्यानाडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धि मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रति हप्ता २० घण्टा भन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ ।
क्यानाडाको अध्यागमन मन्त्रीमा मार्क मिलरले क्युबेकबाट संसदमा प्रतिनिधित्व गर्छन्। उनी मन्त्री बनेसँगै क्यानाडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरु प्रभावकारी रुपमा लागू गरिँदै आएको मानिन्छ। गत वर्षको नोभेम्बर १५ देखि दिइएको यस्तो अनुमति यही डिसेम्बर ३१ देखि समाप्त हुने भएकाले विद्यार्थीहरूले अत्यन्त चासोका साथ सरकारको यो नीतिको प्रतीक्षा गरिरहेका थिए।

प्रतिक्रियाहरु

[anycomment]