अनलाइनबाटै मुद्दाको सुनुवाइ !

काठमाडौँ । विशेष अदालतले आगामी आइतबारदेखि अनलाइन प्रणालीमार्फत मुद्दाको सुनुवाइ गर्ने भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो । यसैक्रममा अधिवक्ता अपूर्व खतिवडाले बिहीबार सुरेन्द्रबहादुर सिंह विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनलाइनबाटै बहस गरेका थिए । त्यही मुद्दामा सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता गोपाल लामिछानेले विशेष […]
२०८० चैत्र १६ गते, शुक्रबार