प्रवास

एनआरएनए निर्वाचन तालिकामा परिमार्जन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको छ । निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालका अनुसार मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै समितिले संघको आसन्न निर्वाचन कार्यतालिकामा सोमबार केही संशोधन गरेको हो ।निर्वाचन समितिले उम्मेदवारी अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ । साथै उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकको सनाखतका लागि […]

२०८२ फाल्गुन १९ गते, मंगलवार

सुरक्षा र उद्धारका लागि सरकार तयार रहोस् : एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मध्यपूर्वमा युद्धजन्य अवस्थाका कारण नेपालीको सुरक्षाका लागि नेपाल सरकारलाई कूटनीतिक तथा सुरक्षा पहल थाल्न आग्रह गरेको छ। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक रमेश श्रेष्ठले परराष्ट्र मन्त्री वालानन्द शर्मालाई निर्णयबारे जानकारी गराउँदै नेपालीहरूको सुरक्षा, हटलाइन र उद्धारको तयारीको लागि आग्रह गरेका हुन् । पत्रमा संयुक्त अरब […]

२०८२ फाल्गुन १८ गते, सोमबार

इरानले गरेको हमलामा परी युएईमा एक नेपालीको मृत्यु

काठमाडौँ । इरानले गरेको हमलामा परी युएईमा एक नेपाली नागरिकको निधन भएको छ। इरानले गरेको मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएकोमा एक जना नेपाली नागरिक रहेको युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ। अन्य ज्यान गुमाउनेमा एक जना बंगलादेशी र अर्का पाकिस्तानी नागरिक रहेका छन्। तर, तीनै जना मृतकको पहिचान भने खुल्न सकेको छैन। […]

२०८२ फाल्गुन १८ गते, सोमबार

पाकिस्तानस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शन : आठजनाको मृत्यु, २० घाइते

काठमाडौँ । पाकिस्तानको कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शन भएको छ । अमेरिकी वाणिज्य दूतावासमा भएको इरान समर्थक प्रदर्शनकारीहरूको आक्रमण प्रयासका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ। २० भन्दा बढी घाइते भएको उद्धार सेवाले पुष्टि गरेको छ।एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरू वाणिज्य दूतावासको मुख्य गेटमाथि चढेर कन्सुलर भवनको ड्राइभवेमा प्रवेश गर्न सफल भएका थिए। […]

२०८२ फाल्गुन १७ गते, आईतवार

कतारमा रहेका नेपालीलाई ‘सेल्टर’ भित्रै रहन आग्रह

काठमाडौँ । दोहास्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीलाई ‘सेल्टर’ भित्रै रहन आग्रह गरेको छ । दूतावासले मध्यपूर्वमा इजरायल र इरानबीच सुरु भएको प्रत्यक्ष सैन्य मुठभेडको बाछिटा कतारसम्म पुगेपछि नेपाली श्रमिकका लागि ‘हाई अलर्ट’ जारी गर्दै सो आग्रह गरेको हो छ।इरानी मिसाइलहरू खाडीका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडातर्फ सोझिएको रिपोर्ट सार्वजनिक भएसँगै कतारमा रहेका करिब […]

२०८२ फाल्गुन १७ गते, आईतवार

पाकिस्तान–अफगानिस्तान सीमा द्वन्द्व : २ सय ७४ अफगान लडाकुहरू मारिए

काठमाडौँ । पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा जारी द्वन्द्वमा मृत्यु हुनेको संख्या बढिरहेको छ। पाकिस्तानको सेनाले शुक्रवार दाबी गरेको छ कि बिहीवारदेखि जारी सीमा द्वन्द्वमा २ सय ७४ अफगान लडाकुहरू मारिएका छन् भने ४ सय भन्दा बढी घाइते भएका छन्। पाकिस्तान सेनाको अन्तर–सेवा जनसम्पर्क (आईएसपीआर)का निर्देशक जनरल लेफ्टिनेन्ट अहमद शरिफ चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार अफगान लडाकुहरूले […]

२०८२ फाल्गुन १६ गते, शनिबार

एयर एम्बुलेन्स विमान दुर्घटना : सात जनाको मृत्यु

काठमाडौँ । भारतको झारखण्ड राज्यमा एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्लीका लागि उडेको विमान झारखण्डको चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको हो।चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी–९० (भिटी–एजेभी) विमान दुर्घटनामा परेको हो। विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई स्वास्थ्यकर्मी […]

२०८२ फाल्गुन १२ गते, मंगलवार

पाकिस्तानद्वारा अफगानिस्तानमाथि आक्रमण : कम्तिमा २० जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानमाथि आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको छ। अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा भएका हमलामा दर्जनौं नागरिक मारिएका छन् । नान्घारमा एक घरमाथि भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ । पक्तिका प्रान्तमा एक मदरसामाथि लक्षित गरी आक्रमण भएको जनाइएको छ ।पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा […]

२०८२ फाल्गुन ११ गते, सोमबार

मलेसियामा ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । मलेसियामा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ। मलेसियाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको जमिनमुनि शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२:५७ बजे गएको उक्त भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन गरिएको छ । सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड गरिएको यो नै सबैभन्दा ठूलो भूकम्पमध्ये एक […]

२०८२ फाल्गुन ११ गते, सोमबार

ब्राजिल-भारतबीच दुर्लभ खनिज सम्झौता

काठमाडौँ । भारत र ब्राजिलबीच शनिबार महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सहयोग बढाउन सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासँगको वार्तापछि यो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।‘महत्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सम्झौता लचिलो आपूर्ति श्रृङ्खला निर्माणको दिशामा एक प्रमुख कदम हो,’ भारतीय प्रधानमन्त्री मोदीले भने । विश्वकै दोस्रो […]

२०८२ फाल्गुन १० गते, आईतवार