अर्थ

एभरेष्ट कलरको आईपीओ   खुला

काठमाडौँ ।   एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  खुला गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्रीका लागि आवेदन आह्वान गरेको हो । यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ […]

२०८३ जेष्ठ २२ गते, शुक्रबार

२४ सय ४५ जना सवारीचालक ट्राफिक  कारबाहीमा : झन्डै २३ लाख राजस्व संकलन

काठमाडौं । गत २४ घण्टामा २ हजार ४ सय ४५ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५ सय १७ रूपैयाँ राजस्व दाखिला भएको जनाएकाे हाे । कार्यालयले मादकपदार्थ सेवन गरेका १ सय २८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका […]

२०८३ जेष्ठ २१ गते, बिहीबार

कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

काठमाडौँ ।   सशस्त्र प्रहरी बल नेपालले मुस्ताङ्गको  कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।  सशस्त्र प्रहरी बलले गए राती भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट  ती गाडीहरु नियन्त्रणमा लिएको हो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका […]

२०८३ जेष्ठ २१ गते, बिहीबार

सर्वोत्तम पेन्ट्सले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैशाख २१ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका […]

२०८३ जेष्ठ १९ गते, मंगलवार

अवैध सुनचाँदीका गरगहनासहित अग्रवाल पक्राउ

काठमाडौँ । प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका-६ राजाचोक नजिकै सञ्चालित ‘शिव ईम्पोरियम’ पसलमा छापा मारी सञ्चालक श्यामसुन्दर अग्रवाललाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह […]

२०८३ जेष्ठ १९ गते, मंगलवार

नाडा अटो शो २०२६का लागि स्टल बुकिङ खुल्ला

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले नाडा अटो शो २०२६का लागि स्टल बुकिङ खुल्ला गरेको छ । अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो’ को १८औं संस्करण आगामी भाद्र ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने भएको छ । नाडा अटो शो २०२६ मा सहभागि हुन चाहनेलाई आज जेठ १८ […]

२०८३ जेष्ठ १८ गते, सोमबार

सुनको मूल्य आकाशियो

काठमाडौँ । सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ । बजेटले सुनको भन्सार २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँ बढेको हो ।आज सुनको मूल्य प्रति तोला ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको […]

२०८३ जेष्ठ १७ गते, आईतवार

व्यावसायिक सवारी साधनको वार्षिक आयकरमा उल्लेख्य वृद्धि

काठमाडौँ । सरकारले सार्वजनिक तथा व्यावसायिक सवारी साधनको वार्षिक आयकरको दरमा उल्लेख्य वृद्धि गरेको छ । सानादेखि ठूला र विद्युतीय सवारीसम्मका करमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ । नयाँ दररेट अनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रो बसको कर ५ हजार ५ सयबाट बढेर ६ हजार ५ सय रुपैयाँ […]

२०८३ जेष्ठ १७ गते, आईतवार

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व संकलन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ । मादकपदार्थ सेवन गरेको २३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४४, संकेत बत्ती उल्लङ्घनकर्ता १८५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८१ जनालाई […]

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्न लागेकाे छ । हरेक वर्ष जेठ १५ गते बजेट घोषणा गर्नुपर्ने संवैधानिक प्रावधान छ । साेही अनुसार दुई तिहाई नजिकको सरकारले ल्याउने पहिलो बजेटमा सबैको चासो रहेको छ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्रलाई टेकेर बजेट ल्याइने […]

२०८३ जेष्ठ १५ गते, शुक्रबार