मुख्य समाचार

‘कम्युनिस्ट आन्दोलनमा बिघटनको प्रक्रिया अन्त्य भएर संगठनको प्रक्रिया सुरु भयो’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपालको कम्युनिस्ट आन्दोलनमा बिघटनको प्रक्रिया अन्त्य भएर संगठनको प्रक्रिया सुरु भएको ठोकुवा गरेका छन्। महासचिव विप्लव सी ले नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीबीच पार्टी एकतासम्वन्धी संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।महासचिव विप्लव सी ले परिवर्तनकारी अग्रगामी कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियाको […]

२०७९ चैत्र १ गते, बुधबार

‘पुरानो राज्यसत्ताको स्वरूप केही बदलिए पनि अवस्था बदलिएन’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले पुरानो राज्य सत्ताभित्र सरकार र केही स्वरूप बदलिएको भएता पनि नागरिकको अवस्था नबदलिएको बताएका छन। मंगलबार जुम्लाको खलङ्गामा पार्टी प्रशिक्षण कार्यक्रममा बाेल्दै नेता विषमले यस्तो बताएका हुन । उनले पुरानो राज्य सत्ताको केही स्वरूप बदलिएको भएता पनि मूल रूपमा अवस्थामा कुनै परिवर्तन नभएकाले यो दलाल […]

२०७९ चैत्र १ गते, बुधबार

नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस साताव्यापीरुपमा मनाउने

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले लेनिन जयन्ती तथा नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस साताव्यापीरुपमा मनाउने बताएको छ । सो पार्टीको मंगलबार सम्पन्न स्थायी समितिको बैठकले नेपालमा कम्युनिस्ट पार्टी स्त्थापना भएको दिन २२ अप्रिलको अवसरमा साताव्यापी कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको बताइएको छ ।साेभियत संघ रुसको समाजवादी क्रान्तिका एकजना सुत्रधार तथा मार्क्सवादी सिद्धान्तको प्रयोगकर्ता महान लेनिनको […]

२०७९ फाल्गुन ३० गते, मंगलवार

विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेको ओइरो

काठमाडौँ । विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । यसैक्रममा साेमबार जुम्लामा कर्णाली मुक्ति माेर्चाकाे भेलामा विभिन्न पार्टी परित्याग गरि २ दर्जन नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा चन्द कठायत, किशोर कठायत, अष्टमान कठायत, कुसिन्द्र कठायत, हिक्मत कठायत, तुफान कठायत, हिवेन्द्र कठायत, विकाश कठायत, तुल्छी […]

२०७९ फाल्गुन ३० गते, मंगलवार

‘द्वन्द्वकालीन मुद्धा र शान्ति सम्झौता उल्ट्याउन खोज्नेहरू देशमा टिक्न सक्दैनन् ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले द्वन्द्वकालीन मुद्धा र शान्ति सम्झौताले सम्बोधन गरेको विषयलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्न नसक्ने बताएका छन् । आइतबार काठमाडौँमा माओवादी पृष्ठभूमिका नौ पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले सो कुरा बताएका हुन्।महासचिव विप्लवले जनताको तागतबाट जन्मिएको व्यवस्था र परिवर्तनलाई सीमित मुट्ठीभरहरूको हातमा लगेर जनता र नेता-कार्यकर्तालाई […]

२०७९ फाल्गुन २८ गते, आईतवार

नौ कम्युनिस्ट पार्टीद्वारा शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पुरा गर्न माग

काठमाडौँ । माओवादी धारका नौ कम्युनिस्ट पार्टीले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पुरा गर्न सरकारसँग माग गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का स्थायी कमिटी सीपी गजुरेल, नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हिसिला यमी, नेपाल कम्युनिस्ट पाटीका महासचिव विप्लव, आम जनता पार्टीका अध्यक्ष प्रभु साह , […]

२०७९ फाल्गुन २८ गते, आईतवार

नेकपाका महासचिब विप्लब सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच आज साँझ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक संकटको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। यसैगरी, उक्त भेटवार्तामा देशको स्वाधिनता र जनअधिकारको बिषयका साथै पछिल्लो समय देखा परेको […]

२०७९ फाल्गुन २८ गते, आईतवार

‘क्रान्ति सम्पन्न गर्न संयुक्त मोर्चा जरुरी’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीले क्रान्ति सम्पन्न गर्न संयुक्त मोर्चा जरुरी भएको बताउदै जनयुद्धको क्रममा प्रचण्ड र बाबुरामवीचको अन्तरविरोधले पार्टीलाई क्षति भएको बताए । आज रुपन्देहीको बुटवलमा आयोजित “स्मृतिमा वीरजङ्ग” कृतिको परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिरहीले सो कुरा बताएका हुन। नेता बिरहीले कम्युनिस्ट पार्टीको […]

२०७९ फाल्गुन २७ गते, शनिबार

नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीद्वारा संयुक्त मोर्चाको घोषणा(अवधारणा पत्रसहित )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत नेपाल कम्युनिष्ट पार्टी , नेकपा वैज्ञानिक समाजवादी नेपाल, नेकपा र नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त मोर्चालाई ‘समाजवादी देशभक्त मोर्चा’ को नाम दिएका छन् । चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

‘बैंक तथा वित्तीय संस्थाका दलालहरुलाई जनताले कारवाही गर्छन्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाको बेथिति बढ्दै गएको भन्दै यसका दलाललाई जनताले कार्बाही गर्ने चेतावनी दिएका छन । नेकपा उत्तर कर्णाली ब्युरोकाे शुक्रबार मुगुमा आयाेजित जनसभा कार्यक्रमलाई सम्बाेधन गर्दै नेता विषम सीले बढ्दो महङ्गी, कालोबजारी, बैंक तथा वित्तीय संस्थाको चर्को शोषणका कारण जनतालाई आत्महत्या […]

२०७९ फाल्गुन २७ गते, शनिबार