संकटग्रस्त संसदीय व्यवस्थाको बिकल्प खोजौ
देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारीले अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावाद र दलगत स्वार्थले सीमा नाघेको छ । प्रहरी प्रशासन र शान्ति सुरक्षा एकादेशको कहानी भएको छ । सरकार अनिर्णयको बन्दी बनेको छ । सरकारका तीनवटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच बेमेल बढ्नुका साथै प्रभावहीन बन्दै गएका छन्् । […]
२०७८ मंसिर १२ गते, आईतवार