स्वास्थ्य / शिक्षा

  इबोला भाइरसको संक्रमण तीव्र :१०० जनाको मृत्यू , ३ सय ९० जना बढी संक्रमित

काठमाडौँ । अफ्रकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमण फैलिदै जाँदा नियनत्रणका चुनौती थपिएको छ । संक्रमणका कारण अहिलेसम्म करिब १ सय जनाको मृत्यु हुनुका साथै ३ सय ९० भन्दा बढीमा संक्रमणको आशंका गरिएको हाे । यो संक्रमण महामारीकाे रुपमा छिमेकी देश युगान्डामा समेत फैलिसकेको छ । जहाँ एक जनाको मृत्यु भएको पुष्टि भएको हाे […]

२०८३ जेष्ठ ५ गते, मंगलवार

प्रतिबन्धको तयारीविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले सरकारको विद्यार्थी संगठनमाथिको प्रतिबन्धको तयारीविरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार ६२औँ विद्यार्थी दिवसको अवसरमा संयुक्त संगठनले त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्‍याली प्रदर्शन गरेका हुन् ।विरोध र्‍यालीमा विद्यार्थीहरुले ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ’, ‘सरकार विश्वविद्यालय आऊ हामी पढाउँछौं’, ‘नबोल्ने कायरता बोल्न दिने अच्याचार दुवै सहिँदैन’ लगायतका […]

२०८३ जेष्ठ १ गते, शुक्रबार

एसईई पूरक परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले पूरक परीक्षा २०८३ साल असार १ गतेदेखि सञ्चालन गर्ने गरि तालिका सार्वजनिक गरेको हो।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिनेछ। पहिलो दिन असार १ गते अनिवार्य अङ्ग्रेजी विषयको […]

२०८३ बैशाख ३१ गते, बिहीबार

कामपाद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन खुला गरेको हो । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत शिक्षण संस्थाहरूमा उपलब्ध छात्रवृत्ति कोटामा विद्यार्थी छनोट गर्नका लागि परीक्षा […]

२०८३ बैशाख ३० गते, बुधबार

एसईईको ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईका नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ। दुई विषयसम्म नन ग्रेडेड भएका विद्यार्थी र प्राप्त ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्।सोमबार सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ परीक्षार्थीको नतिजा ननग्रेड आएको छ। बोर्डका अनुसार दुई विषयसम्म एनजी […]

२०८३ बैशाख २९ गते, मंगलवार

सर्वोच्च अदालतद्वारा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालय रहेका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारको उक्त निर्णयमाथि रोक लगाउँदै अल्पकालीन आदेश दिएको हो।आठ विद्यार्थी संगठनले सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेको भन्दै त्यसविरुद्ध संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अर्को आदेश नभएसम्म […]

२०८३ बैशाख २९ गते, मंगलवार

१० विद्यार्थी संगठनद्वारा वजेटको २०% शिक्षा क्षेत्रमा विनियोजन गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल समाजवादीसहित १० विद्यार्थी संगठनले वजेटको २०% शिक्षा क्षेत्रमा विनियोजन गर्न माग गरेका छन् । १० विद्यार्थी संगठनले सोमबार संयुक्त बिज्ञप्ति जारी गर्दै सबै नागरिकको निशुल्क शिक्षा पाउने हकको कार्यान्वयन गर्न र शिक्षा क्षेत्रमा भौतिक साम्राज्यवादको सामना गर्न आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षा क्षेत्रमा कम्तीमा २०% […]

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारी पूरा गरेको छ । सरकारले यस वर्षदेखि परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने घोषणा गरेअनुसार बोर्डले तीव्र गतिमा काम गरिरहेको हो ।बोर्डले आइतबार एक सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सहज रूपमा विभिन्न सेवा प्रदायक संस्थाहरूमार्फत […]

२०८३ बैशाख २७ गते, आईतवार

विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल समाजवादीसहित आठ विद्यार्थी संगठनले विश्वविद्यालयमा संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरूले विश्वविद्यालयहरुमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन माग गरेका छन् ।आठ विद्यार्थी संगठनले विचारका आधारमा संगठनमा आवद्ध हुन पाउने अधिकार संविधान प्रदत्त अधिकार भएको बताएका छन् उनीहरुद्वारा दायर रिटमा […]

२०८३ बैशाख २५ गते, शुक्रबार

८ विश्वविद्यालयका उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी त्रिभुवन विश्वविद्यालयलगायत आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान […]

२०८३ बैशाख २५ गते, शुक्रबार