पर्यटन

नगरकोटमा चङ्गा चेट उत्सव !

काठमाडौँ । दसैँको पूर्वसन्ध्यामा नगरकोटमा यही असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको दुई दशकभन्दा लामो चङ्गा उडाउने परम्परालाई पुनः निरन्तरता दिँदै यस वर्षदेखि उत्सवलाई बृहत् रूपमा सञ्चालन गर्न लागिएको हो।नेपाली संस्कृति र परम्पराको संरक्षण, पारिवारिक जमघट तथा सामूहिक उत्सवको प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोटस्थित […]

२०८३ आश्विन २६ गते, सोमबार

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको जनाएको छ। एक्यापको धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन् ।समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई […]

२०८३ आश्विन २६ गते, सोमबार

७८८ जनालाई हिमाल आरोहण अनुमति

काठमाडौँ । पर्यटन विभागले यस बर्षको शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएको जनाएको छ । विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ वटा टोलीका ७८८ जना आरोहीले अनुमति लिएका हुन् ।विभागका सूचना अधिकारी सुरज घिमिरेले ३१ हिमाल आरोहणका लागि ५८२ पुरुष र २०६ महिलाले […]

२०८३ आश्विन २२ गते, बिहीबार

तालबाराही मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणको मुख्य काम पूरा भएसँगै यही असोज २५ गते घटस्थापनादेखि मन्दिर भक्तजनका लागि खुला गरिने भएको छ।फेवातालको बीचमा रहेको सानो टापुमा अवस्थित तालबाराही मन्दिरमा तालको किनारमा रहेको बाराहीघाटबाट डुङ्गा चढेर पुग्नुपर्छ। पुनर्निर्माणका क्रममा मन्दिरभित्र नियमित पूजाआजा […]

२०८३ आश्विन २० गते, मंगलवार

दसैंको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य

काठमाडौँ । दसैंको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो। हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न गन्तव्य छन्। जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिकस्थलमध्ये २०८३ सालको दसैँ बिदामा घुम्न सकिने १० गन्तव्य यसप्रकार छन्।बेँसीसहर नगरपालिका–३, गाउँसहर–लमजुङ दरबारलमजुङको इतिहास […]

२०८३ आश्विन १८ गते, आईतवार

कैलाश मानसरोवर यात्रा प्रभावित

काठमाडौँ । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगै परेको भारी हिमपातका कारण कैलाश मानसरोवर यात्रा प्रभावित भएको छ ।मानसरोवर दर्शनको मुख्य सिजन सकिनै लाग्दा भएको भारी हिमपातका कारण हिल्सा नाकाको आवतजावतका साथै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको हो ।यस वर्ष हालसम्म हिल्सानाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवरको दर्शन […]

२०८३ आश्विन १६ गते, शुक्रबार

पर्यटक आगमन १२.१ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२६ को सेप्टेम्बरमा कुल ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन््, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.१ प्रतिशत बढी हो । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए ।यसपालि […]

२०८३ आश्विन १५ गते, बिहीबार

६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति

काठमाडौँ । पर्यटन विभागले शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको जनाएको छ। विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन्।प्रतिवेदनअनुसार अनुमति पाउनेमा ४८५ पुरुष र १६३ महिला छन्। यस अवधिमा हिमाल आरोहणबाट सरकारले १५ […]

२०८३ आश्विन १४ गते, बुधबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

पर्यटन केवल एउटा आर्थिक उपार्जन गर्ने माध्यम र उद्योग मात्र होइन। यो विभिन्न संस्कृति, सभ्यता, प्रकृति र मानव समुदायलाई जोड्ने सशक्त माध्यम समेत हो। यसले मानिसहरूबीच आपसी समझदारी, सहिष्णुता, सद्भाव र शान्तिको भावना विकासगर्दै विश्वभरीका मानिसहरुलाई निकट बनाईरहेको हुन्छ। त्यसैले पर्यटन नेपालको आर्थिक समृद्धिको आधार मात्र नभई पहिचान, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण […]

२०८३ आश्विन १२ गते, सोमबार

फ्लाइ दुबईको पोखरा-दुबई उडान उत्साहजनक

काठमाडौँ । गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो।शनिबार साँझ ६ः०५ बजे १५६ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईको जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई फर्केको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।यसअघि बिहीबार दुबईबाट फ्लाइ दुबईमार्फत १२२ यात्रु पोखरा अवतरण गरेका थिए। पोखराबाट १४३ […]

२०८३ आश्विन ११ गते, आईतवार