कला तथा साहित्य

पूर्वी दाङमा सामना कलाकार गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङमा सामना कलाकार गठन गरिएको छ । शनिबार घोराहीमा सम्पन्न पार्टीको जनवर्गीय तथा मोर्चाहरुको प्रथम संयुक्त भेलामा सामना कलाकारको गठन गरिएको हो । उक्त भेलामा गणेश सीको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन भएको छ । जसमा सह-संयोजकमा ममता सी, सदस्यहरुमा आदित्य सी, निखिल सी , मिलन सी, अस्मिता सी, […]

२०८० जेष्ठ ७ गते, आईतवार

राष्ट्रका लागि संगीत अभियात्राको बिशेष प्रस्तुति हुँदै

काठमाडौँ । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियानले यही बैशाख २५ गते सोमबार दिउँसो २ बजे प्रज्ञाभवन कमलादी, काठमाडौँमा बिशेष जनसाङ्गीतिक कार्यक्रम गर्ने बताएको छ । उक्त अभियानले श्रमजीवि जनताका गायक तथा सङ्गीतकारहरू, सङ्गीत अभियात्रामार्फत जनता र राष्ट्रका गीत–सङ्गीत लिएर देशव्यापीरुपमा राष्ट्रका लागि सङ्गीत अभियात्रा देशका सबै प्रदेशका राजधानीहरूसहितका १० मुख्य सहरहरूमा जनसाङ्गीतिक कार्यक्रम सम्पन्न गरि […]

२०८० बैशाख २४ गते, आईतवार

प्रगतिशील गीत ‘निराश हुनुहुन्न साथी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीको रचना र पोलिट ब्युरो सदस्य तथा प्रगतिशील कलाकार चिरन सीको संगीतमा प्रगतिशील गीति एल्बम ‘निराश हुन हुन्न साथी’ सार्वजनिक भएको छ। भरत सीको सब्द रचना चिरन सीको संगीत र सुगम संगीतका मसिहा राज सिग्देलको सुमधुर आवाजमा ‘निराश हुन हुन्न साथी’ सार्वजनिक भएको हो।देशमा भएको राजनीतिक […]

२०८० बैशाख १९ गते, मंगलवार

अथक यात्राको प्रतिबिम्ब ः ‘सपनाका यात्री’

सपनामै जिउँछ जीवनसपनामै रम्छ जीवन ।मानव जीवनको सौन्दर्यबोध अभिव्यक्त गर्ने एउटा कालजयी गीतको अंश हो यो । यसै गीतको शिर्षकबाट गीतिसङग्रहको न्वारान भएको छ ।गीतिसङ्ग्रह सपनाका यात्री बजारमा आएको छ । जनप्रचार तथा प्रकाशन प्रा. लि. द्वारा प्रकाशित यो गीतिसङ्ग्रह नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका लोकप्रिय जनवादी गायक, गीतकार तथा सङ्गीतकार चिरन पुन ‘मिलन’ […]

२०८० बैशाख १५ गते, शुक्रबार

बलराम विश्वकर्मा हिमालय लोकस्टार

काठमाडौं । गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को उपाधि बलराम विश्वकर्माले हात पारेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न भएकाे ग्राण्ड फिनालेमा विश्वकर्मा विजेता घोषित भएका हुन् ।विश्वकर्मा विजेता बनेसँगै अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप र वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भएका थिए ।त्यसै गरी विजेता बनेका विश्वकर्माले […]

२०८० बैशाख १४ गते, बिहीबार

चलचित्र “काँडेतार” प्रर्दशनमा राेक

काठमाडौँ। सरकारले नवल खड्काको निर्माण तथा निर्देशन बनेको चलचित्र ‘काँडेतार’ को प्रर्दशनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही सम्वाद र दृश्यहरूमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएको हो । खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाएको हो । “थप छलफल […]

२०८० बैशाख १२ गते, मंगलवार

सामना परिवारद्वारा दाङमा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं । दाङको तुलसीपुरस्थित बिजौरीमा सामना परिवारले क्रान्तिका गितहरु घन्काएको छ ।मंगलबार साझ नेकपा निकट सामना परिवार पश्चिम दाङका कलाकारहरुले क्रान्तिकारी ,देशभक्त भावले ओतप्रोत गितहरुमार्फत सयौं जनसमुदायको बिचमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको ७५औ स्थापना दिवसको अवसरमा नेकपा पश्चिम दाङको आयोजनामा पार्टी निकट सामना परिवारले भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो […]

२०८० बैशाख ६ गते, बुधबार

वीरजङ्ग क्रान्तिको सतिसाल

प्रकृतिसँगको सङ्घर्ष र सहकार्यद्वारा मानवजातिले आपूmलाई ब्रह्माण्डका सबै प्राणीहरूभन्दा उन्नत र सचेत बनाउँदै आएको छ । यद्यपि संसारका सबै मानिसहरू एकै प्रकारका भने छैनन् । पहिलो थरीमा त्यस्ता मानिस पर्दछन्, जसले वर्गविभाजित मानव समाजमा सामाजिकरूपमा गरिएका विभेदहरूलाई समेत अज्ञानताका कारण प्राकृतिक विविधता र विभेदहरूसँग जोडेर अन्यायलाई चुपचाप सहेर बस्न बाध्य भएका हुन्छन् । दोस्रो प्रकारमा […]

२०८० बैशाख ३ गते, आईतवार

सामनाका कलाकारद्वारा बैज्ञानिक समाजवादको पक्षमा जनलहर निर्माण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध सामना कलाकारले आफ्नो ३३ दिन लामो अभियानको आवधिक समिक्षा गर्दै अभियानले देशको संकटकोअहिलेको मुख्य समस्याको श्रोतको रूपमा रहेको संसदवादको भण्डाफोर र बैज्ञानिक समाजवादको पक्षमा जनलहर निर्माण गर्न सफल रहेको निष्कर्ष निकालेको छ। कपिलवस्तु स्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा आज सम्पन्न समिक्षा बैठकले यस्तो निष्कर्ष निकालेको हो। नेपाल कम्युनिस्ट पार्टीको […]

२०७९ चैत्र ३० गते, बिहीबार

टुटफुट र खण्डित कुरा नगर…

काठमाडौँ । टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन्। समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन्।‘राष्ट्रका लागि संगीत अभियात्रा’अन्तर्गत मंगलबार पोखरामा आयोजित सांगीतिक प्रस्तुतिमा कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसंगतिमाथि खबरदारी गरे।क्रान्तिका लागि सँगै लडेका कम्युनिष्ट एकापसमा विभक्त भएकामा चिन्ता […]

२०७९ चैत्र २९ गते, बुधबार