मुख्य समाचार

प्रधानमन्त्री बालेनको नेपाल भारत सिमासम्बन्धि अभिव्यक्तिको सर्वत्र आलोचना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा नेपाल भारत सिमा सम्बन्धमा दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । यसैक्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले संसदमा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै देशको सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको […]

२०८३ जेष्ठ १८ गते, सोमबार

‘साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई नामेट पार्न लागि परेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले नेपालमा अस्थिरता मच्चाउन साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई नामेट पार्न लागि परेको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बागमती प्रदेशद्वारा बिहिबार आयोजित राजनीतिक–वैचारिक प्रशिक्षण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले भने- ‘हामीले साम्राज्यवादको योजनाका बिषयमा सबै कम्युनिस्ट […]

२०८३ जेष्ठ १५ गते, शुक्रबार

‘नवदलाल  पुँजीवादी  निरंकुशतालाई ताेडने क्षमता नेकपा (माओवादी) संग मात्रै छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले नवदलाल  पुँजीवादी  निरंकुशतालाई ताेडने क्षमता  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)संग मात्रै भएको ठोकुवा गरेका छन्। आइतबार सो  पार्टीको  कालिकोट जिल्लाको १२ औँ   पूर्ण बैठक तथा  प्रशिक्षण कर्याक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।  प्रवक्ता प्रकाण्ड सीले नेपालकाे बिगतकाे राजनीतिमा क्रमभङ्ग भएको उल्लेख गर्दै  बिगतका शासक  र […]

२०८३ जेष्ठ ११ गते, सोमबार

जनतामाथिको ज्यादती नरोकिए सशक्त प्रतिवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले जनतामाथिको ज्यादती नरोकिए सशक्त प्रतिवाद हुने चेतावनी दिएका छन्। बिहिबार सहिद अजबलाल यादव स्मृति प्रतिष्ठानद्वारा धनुषाधाममा आयोजित स्मारक अनावरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।महासचिव विप्लव सीले देश र जनताको मुक्तिका लागि मृत्युको त्रास नभएको बताउदै क्रान्ति सम्पन्न गरेरै छाड्ने प्रतिबध्दता […]

२०८३ जेष्ठ ८ गते, शुक्रबार

नेकपा (माओवादी) कम्युनिस्ट आन्दोलनलाई लक्ष्यमा पु-याउन उद्दत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले कम्युनिष्ट आन्दोलनलाई लक्ष्यमा पु¥याउने प्रयास अन्तर्गत विभिन्न राजनीतिक दल र नेतासँगको भेटलाई तिव्रता दिएको छ । जेन–जी आन्दोलन र त्यसपछि बनेका सरकारका कारण देश राजनीतिक, आर्थिक, सास्कृतिक, सामाजिक दृष्टिले इतिहासकै संकटग्रस्त स्थितिमा पुगिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले कम्युनिस्ट आन्दोलनलाई लक्ष्यमा पु-याउने प्रयास अन्तर्गत राजनीतिक भेटघाट र छलफललाई तिव्रता […]

२०८३ जेष्ठ ४ गते, सोमबार

नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र पूर्व प्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बिहिबार साँझ भएको उक्त भेटवार्तामा नेपालको राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनले विगतकालमा पैदा गरेका सम्भावना र गम्भीर कमजोरीका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।दूई शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा देश र […]

२०८३ जेष्ठ २ गते, शनिबार

‘देशलाई अग्रगमन तर्फ डोर्याउन नेपाली विशेषताको समाजवाद अनिबार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता तथा लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीले देशलाई अग्रगमन तर्फ डोर्याउन नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता सन्तोष सीले “नेपाल र नेपाली विशेषताको समाजवाद” पार्टीको मूल लक्ष्य कायमै रहेको बताउदै पार्टी एकीकृत जनक्रान्तिको […]

२०८३ जेष्ठ १ गते, शुक्रबार

नेकपा (माओवादी)द्वारा राजनीतिक भेटलाई तीव्रता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले विभिन्न राजनीतिक दल र नेतासँगको भेटलाई तिव्रता दिएको छ । जेन–जी आन्दोलन र त्यसपछि बनेका सरकारका कारण देश राजनीतिक, आर्थिक, सास्कृतिक, सामाजिक दृष्टिले इतिहासकै संकटग्रस्त स्थितिमा पुगिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले राजनीतिक भेटघाट र छलफललाई तिव्रता दिएको हो । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले आइतबार […]

२०८३ बैशाख २८ गते, सोमबार

नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र वैज्ञानिक समाजवादीका महासचिव आहुतीबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीबीच बिहिबार भेटवार्ता वार्ता भएको छ। उक्त भेटवार्तामा देशमा बिकसित राजनीतिक घटना क्रमका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा देशको पछिल्लो अवस्थामा बिकसित राष्ट्रिय राजनीति […]

२०८३ बैशाख २६ गते, शनिबार

‘भुमिहिन र सुकुम्वासीलाई वैकल्पिक बसोबास र भुमिको व्यवस्था गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले भुमिहिन र सुकुम्वासीलाई वैकल्पिक बसोबास र भुमिको व्यवस्था गर्न माग गरेको छ। सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले विज्ञप्तिमार्फत सरकारले राज्यका तीनवटै सुरक्षा निकाय (नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) परिचालन गरी काठमाण्डौ उपत्यका लगायत देशैभरीका भुमिहिन जनता […]

२०८३ बैशाख २३ गते, बुधबार