विचार

बेपत्ता योद्धाहरुको स्मरण र सम्मानमा केही शब्द !

आज जेष्ठ ७, बेपत्ता योद्धा दिवस अर्थात् माओवादी उच्च्तम नेता क. दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने) लाई राज्यद्वारा बेपत्ता पारिएको दिन ! हार्दिक स्मरण, आत्मीय सम्मान र संघर्षशील सलाम उहाँलगायत सम्पूर्ण वीर बेपत्ता योद्धाहरु !वि. सं. २०५२-६२ मा विश्वको सर्वोच्च शिखर भएको देश नेपालमा देस र जनताको मुक्ती र क्रान्तिको लागि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) […]

२०८३ जेष्ठ ७ गते, बिहीबार

   ट्रम्पको चीन भ्रमण र विश्वमा पर्ने असर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतसाता बुधबारदेखि शुक्रबारसम्म गर्नुभएको चीनको भ्रमणले विश्वमा पार्ने असरका बारेमा विभिन्न कोणबाट मूल्यांकनहरु हुनथालेका छन् । जसको असर नेपालदेखि रुस र इरानसम्म पर्ने स्पष्ट संकेतहरु देखिएका छन् । ट्रम्पको चीन भ्रमणको अन्तिम दिन गत शुक्रबार दुवै पक्षले भ्रमणका क्रममा हालसम्म भएका छलफलबारे बिरोधाभाषपूर्ण अभिब्यक्ति सार्वजनिक गरेका कारणले ट्रम्पको चीन भ्रमण रहस्यपूर्ण […]

२०८३ जेष्ठ ५ गते, मंगलवार

कम्युनिस्टहरुबीच चर्चित एकताको विषयमा थप कुरा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले मात्र होइन, नेपाली कम्युनिस्ट पार्टी , नेकपा एमालेलगायतका कम्युनिस्टहरुले समेत चुनावमा ड्याङ खाएपछि अस्तित्व रक्षाका खातिर अब मिल्नुको विकल्प छैन भन्न थालेका छन् । उनीहरुले कम्युनिस्ट एकताको कुरा आआफ्ना कोणबाट उठाएका छन् । दुवैले कम्युनिस्टहरुको एकतालाई आजको अनिवार्य आवश्यकताको रुपमा उठाएका त छन् तर फरक के छ भने नेपाल कम्युनिस्ट पार्टी […]

२०८३ जेष्ठ ३ गते, आईतवार

चीन यात्राबाट हल होलान् त राष्ट्रपति ट्रम्पसामु खडा चुनौती ?

आजको बिश्वमा यस कुरामा कसैको द्ुइ मत छैन कि बिश्व राजनीतिमा जुन हलचल मच्चिएको छ त्यसका लागि पूर्णरुपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै जिम्मेवार छन् । उनले ‘अमेरिकालाई पुनः महान बनाउने’ जुन अमेरिका पहिलो(अमेरिका फस्र्ट)को चक्करमा लागेर बिश्वको बर्तमान गति–क्रमलाई भंग गरिदिए र त्यसले गर्दा उनले यूरोप लगायत सारा एशिया तथा अफ्रिकी र ल्याटिन अमेरिकी […]

२०८३ जेष्ठ ३ गते, आईतवार

चीन भ्रमणमा रहेका ट्रम्प र चीन–अमेरिका सम्वन्ध ः एक चर्चा

आज बिश्व राजनीतिमा बिकसित भएको एउटा जटील परिस्थितिमा करीब एक दशकपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दोश्रो पटक चीनको महत्वपूर्ण भ्रमणमा निस्किएर बेइजिङ्ग पुगेका छन् । यो अमेरिकी राष्ट्रपति ट्रम्पको बेइजिङ्ग भ्रमण अहिलेको विश्व राजनीतिको संवेदनशील क्षणमा भइरहेको छ। यसले अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउने हो कि अझै तनावपूर्ण बनाउने हो दुबै सम्भावना बोकेको बिश्लेषहरुले औंल्याइरहेका छन् […]

२०८३ बैशाख ३१ गते, बिहीबार

बालेन सरकारका संभावना र चुनौती

धेरै मान्छेहरुलाई लाग्छ, बालेन सरकार चुनौतीरहित छ किनकि उसँग संसदमा दुईतिहाई मत छ । कतिपयलाई लागेको छ, राष्ट्रिय सभामा उसको शुन्य उपस्थिति छ । सरकार बनेसंगै प्रधानमन्त्रीको सोचमा यस्तो भ्रम थियो कि अब म जेपनि गर्न सक्छु । सरकारले सबैजसो पुराना दलका नेताहरूलाई जेल हाल्ने सूची नै बनाएको थियो । तर परिणाम के भयो ? […]

२०८३ बैशाख २९ गते, मंगलवार

पार्टी राजनीतिमा झोला र झण्डाको महत्व

नेपाल फेरी राजनीतिक स्थायित्वतर्फ नभएर संक्रमणतर्फ अगाडि बढेको देखिएको छ । खासगरी गत फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा झण्डै दुईतिहाइ सिट ल्याउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद र सरकार गठन गरेको छ । जसबाट देशको राष्ट्रिय राजनीतिमा कतिपय परिवर्तनका संकेतहरु पनि देखिएका छन् । ति संकेतहरु परिवर्तनको पक्षमा नभएर प्रतिगमनको पक्षमा देखिएकाले सबैतिर चिन्ता र […]

२०८३ बैशाख २९ गते, मंगलवार

नेपाली जनता र राज्य सञ्चालकहरुबीचको अन्तरविरोध

नेपाली जनता र राज्य सञ्चालकहरूबीचको अन्तरविरोध नेपाल जस्तो बहुजातीय बहुभाषिक र विविधतापूर्ण देशमा जनता र राज्य सञ्चालकहरूबीचको सम्बन्ध सधैं संवेदनशील र जटिल रहँदै आएको छ । लोकतान्त्रिक व्यवस्था स्थापना भएपछि जनताको अपेक्षा धेरै बढेको भए पनि ती अपेक्षाहरू पूर्ण रूपमा पूरा हुन नसक्दा दुवै पक्षबीचमा अन्तरविरोध देखापरेको हो । जनताको मुख्य चाहना सुशासन, विकास, पारदर्शिता […]

२०८३ बैशाख २८ गते, सोमबार

मजदुर र मजदुर आन्दोलनप्रति दुई देशका बिश्मयकारी हर्कतहरु

पृष्ठभूमि :अमेरिकाका अब्राहम लिङ्कन र फ्रेन्कलीन रुजवेल्ट लगायतका सिमित राष्ट्रपतिकालीन सरकारलाई अपवाद मान्ने हो भने अमेरिका स्वतन्त्र भएदेखि वर्तमान डोनाल्ड ट्रम्पसम्म बनेका अढाई सय बर्षको अवधिका प्रायः अमेरिकी सरकार मजदुरप्रती अमैत्रीपूर्ण र अनुदार देखिन्छन् । त्यसरी नै नेपालमा पनि सामान्यतया २०४७ मा संसदीय प्रजातन्त्र आएदेखि र विशेषत: २०६३ मा लोकतन्त्र आएदेखियताका सरकारहरुमध्ये हालको बालेन सरकार […]

२०८३ बैशाख २६ गते, शनिबार

नेपाल–भारत सम्वन्धमा बिझाइरहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी

भारतीय शासक बर्गले लामो सयमदेखि नेपालको सीमा अतिक्रमण गर्दैै आएको कुरा वरिपरीका छिमेकीलाई मात्र होइन बिश्व नै बिदित भइसकेको छ । हुन त भारत–नेपालका शासक बर्गले ९८ प्रतिशत सीमा बिबाद सल्टिसकेको छ अब केवल २ प्रतिशत सल्टाउन बाँकी छ भनेर यसलाई साधारणरुपमा लिने गरेको पनि पाइन्छ । तर नेपालको उत्तर–पश्चिमको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्र […]

२०८३ बैशाख २६ गते, शनिबार