समाज

आगामी चार दिन भीषण वर्षाको सम्भावना : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने जनाएको छ । विशेष गरी असोज ९ गते शुक्रबार र १० गते शनिबार भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको हो। महाशाखाले असोज ८ गते बिहीबार जारी गरेको चेतावनी तथा परामर्श नक्सा अनुसार, आगामी चार दिन देशभर मौसमी […]

२०८३ आश्विन ८ गते, बिहीबार

देशभर भारी वर्षा :अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर पानी परेको छ भने पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा अत्यधिक वर्षा भएको छ ।हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा […]

२०८३ आश्विन ८ गते, बिहीबार

देशका विभिन्न राजमार्ग अवरूद्ध

काठमाडौँ । प्रहरी प्रधान कार्यालयका अनुसार देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण राजमार्गहरू अवरुद्ध भएका छन् । कार्यालयले बिहीबार बिहान साढे ७ बजे अपडेट सार्वजनिक गर्दै राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो। खोटाङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार बिहान ६:४० बजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौतेखोलामा ढुंगासहितको पहिरोका कारण सडक पूर्ण […]

२०८३ आश्विन ८ गते, बिहीबार

‘ बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगरौँ’

काठमाडौँ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरेका छन् । महासंघले विज्ञप्ति जारी गरी अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न आग्रह गरेको होउसले बिहीबारदेखि असोज १२ सम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको हो। यो साता अविरल वर्षा हुने र यसले […]

२०८३ आश्विन ७ गते, बुधबार

आगामी तीन दिन भारी, धेरै भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान जारी गरेको छ। बुधबार बिहान जारी गरिएको उक्त पूर्वानुमानमा आगामी तीन दिनमा केही स्थानमा भारी, धेरै भारी र अति भारी वर्षा हुन सक्ने जानकारी दिइएको छ।महाशाखाका अनुसार, बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति कोसी […]

२०८३ आश्विन ७ गते, बुधबार

असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना,उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार साँझ जारी मनसुन विशेष मौसम बुलेटिनअनुसार मौसममा आउने यस बदलाबले जनजीवन प्रभावित हुन सक्नेछ।उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा […]

२०८३ आश्विन ६ गते, मंगलवार

भोटेकोशी बाढी : हालसम्म १ हजार ४५१ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजे सम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४ सय […]

२०८३ आश्विन ६ गते, मंगलवार

देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बिकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।हाल […]

२०८३ आश्विन ६ गते, मंगलवार

पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली विकसित भएको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ।हाल देशका विभिन्न भूभागमा बदली […]

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढी : १ हजार ४११ जनाको मृत्यु , ५ हजार ८७५ अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न क्षेत्रमा भएको विपद्का कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट भएको मानवीय क्षति तथा उद्धारको पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो।प्राधिकरणका अनुसार फेला परेका मृतकमध्ये ५४९ जना […]

२०८३ आश्विन ४ गते, आईतवार