मुख्य समाचार

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : २१ जना प्रतिवादी, ४६ करोड बिगो दाबी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । अख्तियारले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा […]

२०८२ चैत्र ८ गते, आईतवार

प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सदस्य निर्वाचित (नामवली सहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राजनीतिक दलहरूले प्राप्त गरेको मत र उनीहरूले बुझाएको उम्मेदवारको बन्दसूचीका आधारमा आयोगले निर्वाचित सदस्यहरूको नाम टुङ्गो लगाएको हो। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार ६ वटा राजनीतिक दलहरूले प्रतिनिधिसभामा समानुपातिकतर्फको सिट प्राप्त […]

२०८२ चैत्र ३ गते, मंगलवार

११० समानुपातिक सांसदको सूची सार्वजनिक : चैत ५ गते प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ। आयोगले सोमबार विभिन्न ६ वटा राजनीतिक दलबाट निर्वाचित हुने सांसदहरूको सूची सार्वजनिक गरेको हो। आयोगका अनुसार बन्दसूचीबाट दलहरूले प्राप्त सिटअनुसार क्लस्टर मिलाएर नामावली पेश गरेपछि ११० जनालाई निर्वाचित घोषणा गरिएको हो। सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ […]

२०८२ चैत्र ३ गते, मंगलवार

निर्वाचन आयोगद्वारा चुनाव खर्च सार्वजनिक गर्न आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनाव खर्च विवरण सार्वजनिक गर्न आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दल र उम्मेदवारले तोकिएको समयसीमाभित्र निर्वाचन प्रचार प्रसारमा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्छ । त्यसरी सार्वजनिक गरेको फोटो वा स्क्रिनसट प्रिन्ट गरी वा भरपर्दो प्रमाण संलग्न गरी निर्वाचन सम्पन्न भएको […]

२०८२ फाल्गुन २९ गते, शुक्रबार

६ दलले पाए राष्ट्रिय दलकाे मान्यता

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि देशमा ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। तीमध्ये पाँच दल पुरानै रहेका छन् भने एउटा दल नयाँ रूपमा राष्ट्रिय दलको सूचीमा समावेश भएको छ। नयाँ राष्ट्रिय दलको रूपमा श्रम संस्कृति पार्टी उदाएको छ। हर्क साम्पाङ नेतृत्वको यस पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्न सफल भएको […]

२०८२ फाल्गुन २७ गते, बुधबार

निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ । निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरिएको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको […]

२०८२ फाल्गुन २७ गते, बुधबार

प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ। परिषद्को बैठकले आगामी चैत १८ गतेदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गते अवकाश हुँदैछन्।न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, […]

२०८२ फाल्गुन २७ गते, बुधबार

नेकपा(माओवादी)का महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीद्वारा मतदान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले मतदान गरेका छन् । महासचिव विप्लव सीले रोल्पाकाे परिवर्तन गाउँपालिका –३ बालशिक्षा मावि, थुनिकोटमा रहेको मतदान केन्द्र र प्रवक्ता प्रकाण्ड सीले कालीकोटको नरहरिनाथ गाउँपालिकाका ७ काे नन्दादेवि मावि माल्कोट सेरापाटा मतदान केन्द्रमा मतदान गरेका हुन् ।महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले […]

२०८२ फाल्गुन २१ गते, बिहीबार

सत्ताको खेलका कारण राजनीतिक अस्थीरता !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले सत्ताको खेलले राजनीति अस्थीरता निम्तिएको र त्यसैको उपज स्वरुप जेनजी आन्दोलन भएको बताएका छन्। आईतवार कालिकोटको रुप्सामा भएको चुनावी सभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीले राज्य चलाउनेहरु सत्ताको खेलमामात्र लागेकाले राजनीति अस्थीरता भएको र त्यसैको […]

२०८२ फाल्गुन १८ गते, सोमबार

इरानमाथि भएको सैन्य हमला अस्वीकार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले अमेरिका र इजरायले इरानमाथि भएको भिषण सैन्य हमला अस्वीकार्य भएको बताउदै यक्त कार्यको कडा विरोध र घोर भर्त्सना गरेको छ। सो पार्टीका महासचिव विप्लव सीले आईतवार एक प्रेस जारी गर्दै सो बिरोध र भर्त्सना जनाएका हुन्।महासचिव विप्लव सीले बिज्ञप्तिमार्फत् उक्त हमला र विध्वंसको घोर भर्त्सना गर्दै अमेरिका-इजरायलले इरानमाथि भिषण […]

२०८२ फाल्गुन १८ गते, सोमबार