विचार

माक्र्सबादी सही शिक्षा र ब्यबहारबाट बिमुख हुँदा परेको मार

बिश्वमा आफुलाई माक्र्सबादी दाबी गर्र्ने पक्षबाट बारम्बार यसको यान्त्रिक, आर्थिक र कठमुल्लबादी(जडसुत्रबादी) किसिमले यसको ब्याख्या र ब्यवहार गरेका कारण र साथसाथै देश तथा स्थान बिशेषका ऐतिहासिक तथा सामाजिक बिशेषताहरु र परिस्थिति अनुरुप माक्र्सबादको बिकास गर्न असक्षम भएका कारणले समेत यस दर्शन र सिद्धान्त बिरुद्ध रहेको खेमालाई ‘माक्र्सबादको मृत्यु’को घोषणा गर्न बल प्रदान गर्ने गरेको कुरा […]

२०८३ बैशाख १४ गते, सोमबार

आर्थिक र सामाजिक शोषणबाटमुक्त लोकतन्त्र आजको आवश्यकता

यद्यपि आजको बहुलवादी समाजमा कुनै व्यक्ति विशेषको मत कुनै खास विषयमा बेग्लाबेग्लै हुनु अस्वाभाविक होइन । मानिसको मन र मतलाई कुनै एउटा यन्त्रको बटन दबाएर नियन्त्रण र कैद गर्न पनि कहीँ कतै सकिँदैन नै । त्यसैकारणले साँचो लोकतन्त्रमा न एकपटक प्रतिनिधि चुनेपछि पाँच वर्षसम्म चुन्नेहरू बन्धक बन्ने कुरा नै आउँछ, न जनता र देश विपरीतका […]

२०८३ बैशाख ११ गते, शुक्रबार

नेपाल चीनबीचको सम्बन्धमा ध्यानदिनु पर्ने कुरा

नेपालमा नयाँ सरकार गठन भएपछि विभिन्न नीतिहरुको चर्चा चुलिएका छन् । जसमा परराष्ट्र नीतिकाबारेमा पनि बहसहरु शुरुभएका छन् । नेपालले ०४६ सालको राजनीतिक परिवर्तनअघि देखिनै औपचारिकरुपमा असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दैआएको देखिएको छ । तर खासगरी ०६३ को राजनीतिक परिवर्तनपछि अनौपचारिकरुपमा इन्डो पश्चिमा गठबन्धनको नेपाल नीतिअनुसार काम भइरहेको र नेपाललाई अमेरिकी सैन्य गठबन्धन नेटो निकट […]

२०८३ बैशाख ८ गते, मंगलवार

संगठनात्मक संरचना र नेतृत्वको विकास तथा व्यवस्थापन

नयाँ संगठनात्मक पद्धतिको खाँचो आजको विश्वराजनीतिमा ठुला–ठुला फेरबदल र नयाँ–नयाँ बहसहरु हुँदैछन । आजको मुख्य बहस र चिन्तनको विषय पार्टी, संगठन वा संस्था र नेतृत्वलाई कसरी जिवन्त, गतिशील र नयाँ बनाईरहने भन्ने हो । पछिल्लो समय विश्वराजनीतिमा प्रवेश गरेको विषय पुस्तान्तरणको बहस पनि हो । यो बहसले पुरानो पुस्तालाई राजनीतिबाट विस्थापित गर्न खोज्छ । फेरि […]

२०८३ बैशाख ७ गते, सोमबार

चुनाव अवसरभन्दा धेरै चुनौती

चुनाव लोकतन्त्रको महत्वपूर्ण आधार हो । नेपाली जनताहरुले आफ्नो प्रतिनिधि छान्ने माध्यम र लोकतन्त्रको सुन्दर पंक्ष भनेकै चुनाव हो तर पछिल्ला वर्षहरूमा चुनाव नेपाली जनतालाई अवसरभन्दा धेरै चुनौतीजस्तो महसुस हुन थालेको छ, त्यो किन हुन थाल्यो भने राजनीतिक अस्थिरता, विकासका अधुरा वाचा, पैसाको प्रभाव र जनतामा बढ्दो निराशाले चुनावले नेपाली जनताहरुलाई समाधान होइन कि चुनौती […]

२०८३ बैशाख ७ गते, सोमबार

 वर्तमान नेपालका घटनाहरुलाई हेर्ने सही दृष्टिकोणबारे

मूल्यांकनका विभिन्न तरिकाबारे : कुनैपनि वस्तुको, व्यक्तिको, घटनाको वा कार्यको मूल्यांकन गर्ने आआफ्नै अध्ययन, आस्था र विचारमा आधारित दृष्टिकोण, तरिका वा विधि हुन्छन् । त्यसरी गरिएका मूल्यांकनमध्ये केही मनोगत, केही सतही, केही छिपछिपे, केही अर्धसत्य, केही अल्पकालीन सत्य र केही लोकपृय सत्य हुन्छन् त केही कटु र अपृय लागे पनि पूर्ण सत्य, दीर्घकालीन सत्य र […]

२०८३ बैशाख ४ गते, शुक्रबार

नयाँ बर्ष २०८३ आगमन र कम्युनिस्टहरुको अगाडिको चुनौती

आज बैशाख १ गते । नयाँ बर्ष २०८३ को आगमनको पहिलो दिन । वर्ष २०८२ लाई बाई–वाई । नयाँ बर्ष २०८३ लाई स्वागत । यो अवसरमा देश विदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायू, प्रगति, सफलता र एकता तथा भातृत्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।मिशन ८४ र जेनजी विद्रोह२०८२ को शुरुवातसम्म आउँदा […]

२०८३ बैशाख १ गते, मंगलवार

नब बर्षको स्वागत र बितेको बर्षको बिदाइ किन ?

हाम्रो बर्तमान बितेका बर्षका अनेक बोझहरुको भारी नयाँ बर्षले पनि बोकेर हिड्नु पर्ने बाध्यता बन्दै घस्रिरहेको छ । बिश्वमा अबाञ्छित युद्धका डरलाग्दा काला बादलहरु मडारिदैछन् । त्यसका बाछिटाहरुले हामीलाई पनि भेटिसकेको छ । हाम्रो अबस्थिति र आवश्यकताहरुका बीच उचित सन्तुलन मिलाउन नसक्ने र अबाञ्छित आत्म समर्पणको कारण हाम्रो स्थिति झन पछि झन नाजुक बन्दो छ […]

२०८३ बैशाख १ गते, मंगलवार

नेपालमा तेश्रोे संविधानसभाको आवश्यकता

नेपालमा रास्वपाको झण्डै दुईतिहाईको सरकार गठन भएर खासगरी ०७२ को संविधानमा संशोधनका लागि छलफल गर्न कार्यदल बनाएपछि विभिन्न कोणबाट टिकाटिप्पणीहरु हुनथालेका छन् । त्यसमा पनि गतसाता बुधबार सिंहदरबारमा झण्डै साँढे दुईघण्टा बसेको कार्यदलको बैठकमा जेजस्ता कुराहरु उठेका थिए, त्यसले वर्तमान सरकार संविधान संशोधनका विषयमा पुर्नविचार गर्न बाध्य हुने देखिएको छ । त्यस्तो कार्यदलको गठन गर्दा […]

२०८२ चैत्र ३० गते, सोमबार

प्रतिनिधि सभा सदस्य निर्वाचनमा देखिएका उथलपुथलहरु

भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन निकै नै आश्चर्यजनक बन्यो । यो चुनावी परिणामले साच्चिकै घोषणा गरिएजस्तै पुराना दलहरूलाई किंक कर्तव्य बिमुढ, अर्को शब्दमा मेन्टलसकको अवस्थामा पु¥याई दिएको छ । संसदमा कहिले नदेखिएका नयाँ र युवा अनुहारहरु छन् । रमाइलो दृश्य के छ भने लेखेर ल्याएको भाषण पनि राम्ररी पढ्न नजान्ने केटाहरू भनेर पनि […]

२०८२ चैत्र ३० गते, सोमबार